नयाँबानेश्वर चोकमा होली खेल्नेबीच कुटाकुटा ,एक जना पक्राउ

काठमाडौं : काठमाडौंको नयाँबानेश्वर चोकमा होली खेल्नेबीच कुटाकुटा भएको छ । दुई समूहबीच विवाद बढ्दै गएपछि बोतल हानाहान भएको थियो ।
हानहानका क्रममा स्प्राइटको बोतल लागेर एक जना घाइते भएका छन् । प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

