होलीको दिन बिनाले यसरी सम्झिइन् प्रकाशलाई - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

होलीको दिन बिनाले यसरी सम्झिइन् प्रकाशलाई



काठमाडौं ।। नेकपा माओवादी केन्द्रकी नेतृ बिना मगरले होलीका दिन दिवंगत पति प्रकाश दाहाललाई सम्झिएकी छन्। मगरले फेसबुक स्टाटसमार्फत प्रकाशको सम्झना गरेकी हुन्।

उनले फेसबुक स्टाटस लेखेकी छन्,‘तिमी साथ थियौ र पो यी रंगहरु जस्तै रंगीन थियो मेरो जिन्दगी, मिस यू।’ उनले होलीको समयमा पति प्रकाश दाहाल र छोरासँग खिचेको फोटो राख्दै फेसबुकमार्फत दाहाललाई सम्झिएकी हुन्।

गत मंसिर ३ गते बिना चुनाव प्रचारप्रसारका लागि कञ्चनपुरमै रहेका बेला प्रकाश दाहालको हृदयघातका कारण निधन भएको थियो। प्रकाशको निधनपछि शोकग्रस्त अवस्थामा नै बिना निर्वाचनमा खटिएकी थिइन्।

वाम गठबन्धनका तर्फबाट कञ्चनपुर–१ बाट उम्मेदवार बनेकी बिनाले निकटतम प्रतिद्वन्द्वीलाई १९ हजारभन्दा बढिको मतान्तरले पराजित गरेकी थिइन्। नेपाल खबरबाट