क्षतिग्रस्त सूचना मूलक होडिंग बोर्डलाई व्यवस्थित गर्दै गाउंमा युवा - Himal Post Himal Post
  • २५ फाल्गुन २०८१, आईतवार
  •      Sun Mar 9 2025
Logo

क्षतिग्रस्त सूचना मूलक होडिंग बोर्डलाई व्यवस्थित गर्दै गाउंमा युवा



गुल्मी- धुर्कोट गाउँपालिका २ पिपलधाराका वैदेशिक रोजगारीमा रहेका युवाद्वारा सञ्चालित सामाजिक कार्य गर्दै आएको सामाजिक संस्था पिपलधारा चौतारी सम्पर्क समिति विश्व सञ्जाल गुल्मीद्वारा क्षतिग्रस्त सूचना मूलक होडिंग बोर्डलाई व्यवस्थित गरेको छ ।

पिपलधारा हरेक वार्ड तथा सीमानामा गाडीएका होडिंग बोर्डहरु हावाहुरीले ढालेपछि त्यहाका स्थानीय युवाहरु आशिष् जि सि, विशाल जि सि, सन्जय खत्री र समुन्द्र खत्रीले व्यवस्थापन गरेका हुन् ।यसरी युवाहरुले आफ्नो स्थानीय तहलाई रेखदेख गर्ने हो भने चाडै नै आफ्नो गाउँको मुहार फेरिने सस्थाका महासचिव मेहर सिंह बस्नेतले बताए ।

पिपलधारा चौतारी सम्पर्क समिति विश्वसञ्जाल गुल्मीले वडाको चौतर्फी विकासको लागि काम गर्दै आएको छ । जसमध्ये साबिकका गाविसवासीको समस्यालाई मध्यनजर गर्दै तिन वर्ष अगाडि स्वास्थ्यचौकीलाई एम्बुलेन्स् हस्तान्तरण गरेको थियो भने विभिन्न जनचेतनामूलक होर्डिङ्ग बोर्ड विभिन्न चोक तथा सिमानाहरूमा लगाएको थियो ।

साथै उक्त संस्थाले थुप्रै विपन्न र असहायहरूलाई आर्थिक सहयोग गराउँदै पनि आएको छ ।