विश्व हिन्दु महासंघको हैकम, सरकारी जग्गा कब्जा - Himal Post Himal Post
  • २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
Logo

विश्व हिन्दु महासंघको हैकम, सरकारी जग्गा कब्जा



धर्मका नाममा स्थापित विश्व हिन्दु महासंघले अवैध रुपमा सरकारी जग्गा कब्जा गरेको पाईएको छ ।

महासंघले करिव १५ बर्षअघि सरकारबाट भोगाधिकार पाएको जग्गा कानुन्अनुसार भाडामा परिणत नगरी कब्जा गरेको पाईएको हो ।

महासँघ काठमाडौं महानगरपालिका वडा ३ मा कविर २५ रोपनी जग्गा अवैध रुपमा कब्जा गरेको छ ।

सो जग्गाको चलनचल्तीको मुल्य झन्डै तीन अर्ब रुपैयाँ हुने आउँछ ।

वडा ३ बाँसबारीमा रहेको कित्ता नम्बर ३४ र कति नम्बर ४३ को जग्गा डिल्लीबजार मालपोत कार्यालयले २०५९ बैशाख १७ गतेको निर्णयअनुसार महासंघलाई भोताधिकार दिएको थियो ।, आजको नागरिक दैनिकमा यो खबर छ ।