हिन्दू जागरणको गम्भीर आपत्ति : राजनैतिक दललाई लक्षित गरि निकाल्यो बिज्ञप्ति - Himal Post Himal Post
  • २ बैशाख २०८१, आईतवार
  •      Sun Apr 14 2024
Logo

हिन्दू जागरणको गम्भीर आपत्ति : राजनैतिक दललाई लक्षित गरि निकाल्यो बिज्ञप्ति



हिमाल पोष्ट सम्बाददाता

हिन्दू जागरण अभियानलाई राजनैतिक दलहरुले गर्न लागेको आम सभा लाई लक्षित गर्दै हिन्दू जागरण युवा संघ नेपालले गम्भीर आपत्ति जनाएको छ । अध्यक्ष  पदम कुँवर तथा महासचिव यूनिक क्षेत्री द्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा हिन्दू जागरण अभियान शब्दावली प्रयोग नगर्न  राजनैतिक दललाई अपील गरिएको छ ।

विज्ञप्तिमा हिन्दुत्व संरक्षण तथा धर्म परिवर्तन विरुद्धको महा अभियान हिन्दू जागरण नेपाल तथा हिन्दू जागरण युवा संघ नेपालले बिगत लामो समय देखि राष्ट्र, राष्टीयता र मौलिक धर्म संस्कृति संरक्षणको लागी बिभिन्न खाले कार्यक्रमहरु सफलता पूर्वक सञ्चालन गर्दै नेपाल अधिराज्य वा बिदेशमा रहेका नेपाली समुदायहरु बिच अलग पहिचान बनाउन सफल रहेको कुरा सर्व बिधितै छ । 15033776_1306241702748806_655083724_n

बिगत केहि समय यता केहि राजनैतिक पार्टीहरुले हिन्दू जागरण अभियान अन्र्तगतको कार्यक्रम गर्ने भन्दै हाम्रो शुद्ध धार्मिक तथा सामाजिक संस्थाको मर्यादामाथि नै आँच आउने किसिमका शब्दावली प्रयोग गरी आम नेपाली जनतामाथि भ्रम छर्ने काम गरेको पाइएकोले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । अतः नेपालको मौलिकता लाई नै मास्ने षड्यन्त्र पूर्वक बिदेशीको इशारामा ल्याइएको  धर्म निरपेक्षवादी संविधान विश्वकै उत्कृष्ट संबिधान भनेर अन्तराष्टीय जगतमा प्रचार गर्नेहरुले फेरिपनी नेपालीजनताको आध्यात्मवाद तथा धार्मिक चिन्तनको फाइदा उठाएर सत्ता पुग्ने भरÞ्यांग बनाउने चेष्टा राखी अर्को गम्भीर षड्यन्त्र गर्न लागेको हाम्रो निष्कर्ष छ ।

तसर्थ आम नेपाली जनताहरुले हिन्दू जागरण अभियानलाई दिनु भएको माया तथा युवा बर्गहरुको हिन्दू जागरण युवा संघ प्रतीको मोह,सद्धभाव र अपार स्नेहको फाइदा उठाउने गरी हिन्दू जागरण अभियान भनेर कुनै राजनैतिक दलले गरेको कार्यक्रमहरु प्रति हाम्रो कुनैपनी संलग्नता नरहेको र त्यस्ता तत्वहरुले पार्न खोजेको भ्रममा नपर्नु हुन सम्पूर्ण सज्जन हिन्दुत्व प्रेमी जनसमुदायहरु लाई हार्दिक अनुरोध गर्दछौ ।

साथै त्यस्ता राजनैतिक दलहरुलाई हिन्दू जागरण अभियान भन्ने शब्दावली को ठाउँमा अन्य शब्दावली प्रयोग गर्न पनि हार्दिक अपील गर्दछौ ।