हिन्दु धर्मको गुहार - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

हिन्दु धर्मको गुहार



 विश्वास नेपाल
एउटा मुस्लिमले हिन्दुले काटेको केही खादैन , तर हिन्दुले मुस्लिमले काटेको सबै खान्छ ! हिन्दुले हिन्दु दलितले छोएको खादैन घरमा पस्न दिदैन दलितलाई पशु भन्दा नि निच सम्झन्छ । अनि दलितले धर्म परिवर्तन नगरेर के गर्छन् त ?

सन्दर्भ हिन्दु धरम बचाउ अभियान ….

धर्म वा ग्रन्थ वा  बाइबल वा  कुराणमा मान्छे मान्छे बिच भेदभाव त लेख्या छैन होला तर आज छुवाछुतले , विभेदले नेपालमा अहिले हिन्दु धर्म छोड्ने हरुको सङ्ख्या तीव्र रूपमा बढ्दो छ । अधिकांश धर्म परिवर्तन गर्ने हरू दलित नै छन् । पढेलेखेका दलित हरू त धर्म परिवर्तन नगरेर समान समाजको निर्माण र जनचेतना फेळाउदै हिडेको पाइन्छ ।तर यो समाजमा दलितको लागि कुनै ठाउँ छैन । दुख को कुरा भन्नु पर्छ हिन्दु धर्म मा किन यस्तो भेदभाव छ ? के दलित मान्छे होइन र ? दलित भन्दा उच्च वर्ग को त्यो कुकुर हो र कुकुर बस्ने ठाउँ मा दलितको लागि ठाउँ नहुने ? काटे त रगत सबैको रातै हुन्छ बोले सबै को बोली उस्तै । तर पनि मान्छे ले मान्छेलाई किन यस्तो अपहेलना गर्छ ?

सोचको विषय हो वा चेतना को अभाव ?
हिजो कामको आधरमा दलित भएको समाजमा आज दमैले बाहेक अन्यले लुगा सिउदा , सुनारले बाहेक अन्य जातले सुनको काम गर्दा , सार्कीले बाहे अन्य जातले जुत्ताको ब्यपार गर्दा उनीहरू किन दलित भएनन ? समाजले किन तिनलाई दलित भन्दैन ?
परिवर्तन हो कि अपरिपक्कता ?

यदि यो देशमा साचिकै मान्छेले दलित माथि छुवाछुत नगर्ने हो भने , उच निचको खाडल नहुने हो भने , हिन्दु धर्म बचाउ अभियानको आवश्यकता पर्ने थिएन ।  हो !हिन्दु धर्म ले गुहार माग्ने थिएन ।