हिन्दु संस्कृतिमा यसरी गरिन्छ पत्नीको सम्मान, कामोपभोग र सुरक्षा
प्रकाश ढकाल,
संस्कृति कुनै पनि राष्ट्रको परिचायक मात्र होइन, विशेषता पनि हो । वर्तमान समयमा नेपाल हिन्दु राष्ट्र होइन तापनि प्रायः नेपालीहरूले वैदिक सनातन धर्मलाई अङ्गिकार गर्दै आएका छन् । यही वैदिक सनातन धर्म तथा परम्परागत सभ्यता नै हिन्दु संस्कृति हो ।
हिन्दु संस्कृतिको मूल आधार वेद हो भने स्मृति, पुराण, उपनिषद्हरू वैदिक सनातन धर्म तथा संस्कृतिका खम्बा हुन् । हिन्दु संस्कृतिमा पत्नी हुनका निम्ति विवाह गर्नैपर्दछ । हिन्दु विवाह पद्धतिमा पाणिग्रहण कार्य सम्पन्न भएपछि मात्र विवाह भएको मानिन्छ । विवाहको मण्डपमा पनि सिन्दूरार्पण पछि स्थान साटासाट गरे पछि मात्र पत्नी भन्न पाइन्छ । सिन्दुरार्पण भन्दा अघि बधुकन्या हुन्छिन् भने त्यसपछि मात्र उनी पत्नी बन्दछिन् भन्ने सनातन मान्यता रहेको छ ।
पत्नी शब्द पति शब्दकै स्त्रीलिङ्गी रुप हो । त्यसैले गृहपति भन्दा घरको मालिक भन्ने बुझिन्छ भने गृहपत्नी भन्दा घरकी मालिक्नी भन्ने बोध हुन्छ । पत्नीलाई हिन्दु संस्कृतिमा भार्या, जाया, सहधर्मिणी, गृहिणि इत्यादि धेरै शब्दहरूले चिनिन्छ । स्त्रीका विभिन्न स्वरुपहरूमध्ये पत्नीको स्वरुप एक उच्च प्रियतम मानिन्छ ।
एउटी नारी छोरी, दिदी, बहिनी, श्रीमती, बुहारी, आमा आदि स्वरुपबाट चिनिन्छन् । वेदमा धेरै स्थानमा पत्नीको प्रसङ्ग पाइन्छ । त्यहाँ पतिलाई पत्नीको इच्छा गर्ने र पत्नीलाई पतिको इच्छा गर्ने परस्पर अनुरागीका रूपमा पनि उल्लेख गरिएको छ । पति र पत्नीको आत्मीय मेलबाट नै आदर्श घर बन्न सक्दछ । पति र पत्नीबीचको आत्मीय सद्भावनाले मात्र सुन्दर र रमणीय गृहसंसारको निर्माण हुन्छ । सनातन धर्ममा मानव जीवनलाई ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ र सन्यास गरी चार आश्रममा विभाजन गरिएको छ । यी चार आश्रममध्ये गृहस्थाश्रम सबै आश्रमको आश्रय रहनुको साथै मानव जीवनसँग सम्बन्धित अन्य प्राणीहरुको पनि आश्रय स्थल हो ।
गृहस्थाश्रम यस्तो आश्रम हो जसको अभावमा संसारको कल्पना पनि हुन सक्दैन । ब्रह्मचर्य आश्रममा शारीरिक एवं मानसिक रुपले परिपक्व भएपछि गृहस्थाश्रममा जान इच्छुक व्यक्ति गृहस्थाश्रममा प्रवेश गर्न सक्दछ । गृहस्थाश्रममा प्रवेश गर्नु भनेको नै विवाह गर्नु हो । चारवटा आश्रम मध्ये सर्वश्रेष्ठ आश्रम गृहस्थाश्रम नै हो ।
अन्य आश्रमहरूमा सहयात्रीको आवश्यकता पर्दैन तर गृहस्थाश्रमका लागि पत्नी अनिवार्य हुन्छिन् । वास्तवमा पत्नी विनाको घर घर नै होइन जुन घरमा गृहिणी हुन्छिन् त्यही नै घर हो । गृहिणी नभएको घरलाई वनजस्तै मानिएको छ । रुखमुनी अर्थात् जङ्गलमा नै किन नहोस् पत्नीको साथ छ भने त्यही नै गृह हो । आफ्नी पत्नी (कान्ता) नरहेको दरबार पनि वन हो भनेर व्यासले भनेका छन् । हिन्दु संस्कृतिमा घर हुनका लागि पत्नी अनिवार्य रहेकोले पनि नारीहरूको स्थान के कस्तो रहेको छ भन्ने कुरा स्पष्ट हुन्छ ।
पत्नीको सम्मान
वैदिक हिन्दु सनातन धर्ममा प्राचीन कालदेखि नै पत्नीको सम्मान हुँदै आएको छ । पत्नीलाई अर्धाङ्गिणी पनि भनिएको छ अर्थात् पत्नी विना मानिस पूर्ण हुन सक्दैन । पत्नी अर्धाङ्गिणी मात्र होइन मित्र पनि हुन् । आफ्नो पत्नीसँग घर चलाउने मात्र कुरा हुँदैनन्, मनका अन्तरङ्गका कुराहरू पनि गरिन्छ यस दृष्टिले हेर्दा पत्नी एक असल मित्र पनि हुन् जसले दुःख सुखमा साथ दिनुको साथै सल्लाह पनि दिन्छिन् ।
पतिको खुशीमा आफ्नो खुसी र पतिको दुःखमा आफ्नो दुःख संझने हुनाले नै वास्तवमा पत्नीलाई अर्धाङ्गिणी भनिएको हो । त्यसैले पनि पत्नीलाई मित्रको रुपमा शास्त्रले सम्मान दिएको हो । सन्तानलाई हुर्काउन–बढाउन र कर्मठ बनाउन पत्नीको भूमिका महत्त्वपूर्ण मात्र होइन अपरिहार्य पनि रहेको छ । वंशको निरन्तरता, कुलको मर्यादा जोगाउन आफ्नो स्वाभिमान जोगाई राख्न र आफूलाई शारीरिक मानसिक रुपले सदा तयारी अवस्थामा राख्न पनि पत्नीको साथ आवश्यक हुन्छ ।
त्यसैले मनुले भनेकाछन्– आफ्नो सन्तानको, चरित्रको, कुलको, धर्मको र आफ्नो रक्षा समेत आफ्नी पत्नीको रक्षाबाट मात्र सम्भव छ । यति मात्र होइन सन्तानको प्राप्ति, धर्मकार्य, सेवाको साथै पितृहरुको र आफ्नो आनन्द तथा स्वर्ग पनि पत्नीको अधिनमा रहेको कुरा पनि मनुले बताएका छन् ।
wर्मपत्नीका यथोचित, योग्य, समय सुहाउँदा मागहरूको सम्बोधन गर्नुको साथै पत्नीलाई माया, ममता, स्नेह दर्शाएर वस्त्र, अन्न, आभूषण इत्यादिले सत्कार गर्नु साक्षात् लक्ष्मीको पूजा गर्नु हो भनिएको छ । स्नेहपूर्वक सत्कर्म तथा सदाचारमा संलग्न गराएर र त्यस्तै कार्यमा रमाउने वातावरणको सिर्जना गर्नुपर्दछ । जहाँ नारीको आदर, सम्मान र सत्कार हुन्छ त्यहाँ देवताहरू प्रसन्न हुन्छन् ।
जहाँ नारीहरूको आदर, सम्मान र सत्कार हुँदैन त्यहाँ गरिएका सम्पूर्ण धार्मिक कृत्यहरू विफल हुन्छन् । बाह्र वर्ष पुगेकी छोरी र बुहारीलाई च्वास्स हृदय छुने दुर्वचन नबोल्न शुक्राचार्यले भनेका छन् । नारीको सम्मान सत्कार र इज्जतका लागि पुरुष क्रियाशील पर्नुपर्छ । छोरी, चेली, पत्नीको इज्जत रहेमा मात्र इज्जत रहन्छ अन्यथा रहँदैन । वैदिक सनातन हिन्दु धर्ममा पत्नी अर्थात, नारी जगतलाई वडो सम्मान गरिएको पाइन्छ ।
छोरी, बहिनी, बुहारीलाई वडो स्नेहले आदरपूर्वक पालनपोषण गर्नुपर्ने कुरा पनि शुक्राचार्यले उल्लेख गरेका छन् । छोरी बुहारीको सम्मान गर्नु भनेको नारीको सम्मान हो, उनीहरुप्रति आदरभाव देखाउनु हो । हिन्दु सनातन धर्ममा पत्नीलाई साक्षात् लक्ष्मीको रुपमा वर्णन गरिएको छ । नेपाली समाजमा पनि पत्नीलाई गृहलक्ष्मी भन्ने चलन अद्यावधि छँदै छ । पत्नी नै घरकी शोभा हुन्, पत्नी विनाको घर वास्तवमा घर होइन र घरको कुनै शोभा पनि हुँदैन ।
हाम्रो नेपाली समाजले त साँझमा सधवा नारीको नाडीमा भएका चुराको भंmकारले मन्दिरमा भएको घण्ट ध्वनिको काम गर्ने विश्वास गर्दछ । हाम्रा शास्त्रले पत्नीको महत्व राम्ररी दर्शाएका छन् । जुन पुरुषले स्त्रीको सम्मान गर्न जान्दछ त्यसले आफ्नो गृह सञ्चालन पनि राम्ररी गर्न जान्दछ । आफ्नो श्रीमान्ले आफूलाई राम्रोसँग माया गरोस् आफ्ना मनका चाहनाहरू पनि पूरा गरिदियोस् भन्ने कुरा पत्नीले चाहनु अस्वाभाविक होइन ।
जसले गाली गर्न जानेको हुन्छ माया पनि त्यसैले गर्न जानेको हुन्छ भन्ने कुरा हाम्रो समाजमा व्याप्त छ । श्रीमान्ले आफ्नी श्रीमतीलाई राम्रो भोजन समयानुकूलको वस्त्र यथाशक्य गरगहना इत्यादि दिएर र रसिला ज्ञानोपयोगी कुराकानी गरेर सदा सन्तुष्ट राख्नुपर्दछ कदापि सराप्नु हुँदैन भनेर शाण्डिल्य मुनिले आफ्नो शाण्डिल्य स्मृति नामक ग्रन्थमा उल्लेख गरेका हुन् ।
विवाह र पत्नी परमात्माको अनुकम्पाले निर्धारण गरिने कुरा हो, आफ्ना इच्छाले होइन, देवताले दिएर मात्र पाइन्छ । त्यसैले देवतालाई प्रसन्न पार्न पनि धर्मपत्नीलाई राम्रो व्यवहार गरेर भरण पोषण गर्नु पर्दछ । उल्लेखित सम्पूर्ण कुराहरूबाट पनि हिन्दु धर्मशास्त्रहरूमा नारीलाई अत्यन्त सम्मान गरिएको कुरा स्पष्ट हुन आउँछ ।
कामोपभोग
आँखा नाक, कान, जीब्रो र छाला जस्ता पाँच इन्द्रियहरूको इच्छा अनुसार रुप, गन्ध, शब्द, रस र स्पर्शको प्राप्तिबाट मानिसले जुन आनन्द प्राप्त गर्दछ त्यो नै काम हो । धर्मदर्शन तथा समाजका सबै पक्षको पछाडि कामको भावना लुकेको हुन्छ । समाजका विकासका कार्यहरू अगाडि बढ्नमा पनि मानव कामले भूमिका खेलेको हुन्छ । नियमित र स्वच्छ काम गर्नाले मानव जतिखेर पनि स्वस्थ हुन्छ ।
विभिन्न पौराणिक एवं धार्मिक कथाहरूमा पत्नीलाई पतिले स्नेहभाव, माया दर्शाएको पाइन्छ । आफ्नो धर्म, नैतिकतालाई पन्छाएर कतै पनि डर र त्रासको भरमा मात्र सदाचारी आदर्श समाजको कल्पना गर्न सकिँदैन । आफ्नी पत्नीसँगको कामोपभोगको विषयलाई धर्मशास्त्रले स्पष्ट रुपमा धार्मिक नै मानेको छ तर जबरजस्ती सहवास गर्ने कुरालाई धर्मशास्त्रले पनि निन्दा गरेको छ
पुरुषको तुलनामा स्त्रीको आहार दुई गुना, लज्जा चारगुना, साहस छ गुना तथा कामवेग आठगुना बढी हुन्छ भनी काम शास्त्रमा उल्लेख गरिएको छ । नारीहरूको पुरुषको तुलनामा काम चाहना बढी हुन्छ । प्राकृतिक दृष्टिले हेर्ने हो भने पनि नारीहरूको शारीरिक तथा मानसिक विकास पुरुषको तुलनामा छिटो भएको पाइन्छ । पुरुषहरूको तुलनामा नारीहरू सानै उमेरदेखि नै बढी जिम्मेवार देखिन्छन् ।
विभिन्न पौराणिक एवं धार्मिक कथाहरूमा पत्नीलाई पतिले स्नेहभाव, माया दर्शाएको पाइन्छ । आफ्नो धर्म, नैतिकतालाई पन्छाएर कतै पनि डर र त्रासको भरमा मात्र सदाचारी आदर्श समाजको कल्पना गर्न सकिँदैन । आफ्नी पत्नीसँगको कामोपभोगको विषयलाई धर्मशास्त्रले स्पष्ट रुपमा धार्मिक नै मानेको छ तर जबरजस्ती सहवास गर्ने कुरालाई धर्मशास्त्रले पनि निन्दा गरेको छ ।
सहवास गर्ने इच्छा नभएकी, रिसाएकी विरामी, गर्भ बोकेकी (गर्भवती) व्रतचारी, रजस्वला भएकी नारी(पत्नी) सित कुनैपनि पुरुषले बलजफ्ती सहवास नगरोस् । सहवासको इच्छा नभएका जो कोहीलाई पनि सहवास गर्ने पुरुषलाई नेपालको कानुनले पनि बलत्कारको सज्ञा दिएको छ ।
सहवास गर्ने इच्छा नभएकी, रिसाएकी विरामी, गर्भ बोकेकी (गर्भवती) व्रतचारी, रजस्वला भएकी नारी(पत्नी) सित कुनैपनि पुरुषले बलजफ्ती सहवास नगरोस् । सहवासको इच्छा नभएका जो कोहीलाई पनि सहवास गर्ने पुरुषलाई नेपालको कानुनले पनि बलत्कारको सज्ञा दिएको छ । बलात्कार आफैमा जघन्य अपराध हो । धर्म संस्कार, संस्कृतिको विकास, संरक्षण, सम्वद्र्धन नगरेका कारण र विदेशी संस्कृतिको बढ्दो प्रभावले बलात्कार जस्ता अप्रिय घटनाहरू हाम्रो समाजमा बढ्दैं गरेका देखिन्छन् । नारी–पुरुष बीच हृदयतः सम्बन्ध रहनुपर्दछ ।
नारी र पुरुष बीचको सम्बन्ध सुमधुर भयो भने मात्र कुनै पनि किसिमको पारिवारिक समस्या आउँदैन । श्रीमान् श्रीमती बीच राम्रो सम्बन्ध रहिरहनु भनेको भूस्वर्ग नै हो । श्रीमान् र श्रीमती बीचको राम्रो सम्बन्धका लागि पक्कै पनि यौनजीवनले भूमिका खेलेको हुन्छ । मानिसमा कामवासना रहनु स्वाभाविकै हो र यौन सन्तुष्टिले शारीरिक एवं मानसिक सन्तुलन कायम हुन्छ भन्ने आधुनिक चिन्तन मात्र होइन शास्त्रीय मान्यता पनि रहेको छ ।
नारीहरू मात्र यौनसाथी होइनन्, जीवनका आरोह अवरोहहरूका सहयात्री पनि हुन् भन्ने कुरा धर्मशास्त्रीय ग्रन्थहरुमा उल्लेख गरिएको छ । नारीप्रति सदा राम्रो भावना हुनुपर्दछ, नारीहरूको सम्मान गर्न जान्नुपर्छ । यौन सबैथोक होइन तर पारिवारिक सुख समृद्धि र शारीरिक सन्तुष्टिका लागि भने यौन अति आवश्यक रहेको छ ।
पत्नीको सुरक्षा
कुनै पनि राष्ट्रका जनताको सुरक्षा गर्ने जिम्मा सरकारको हुन्छ । जनताको सुरक्षार्थ राज्यले विभिन्न सुरक्षा निकायको स्थापना गरेको हुन्छ । जनताको जिउ धनको सुरक्षार्थ राज्यले विभिन्न सुरक्षा निकायहरूलाई परिचालन गरेको हुन्छ । चोरी, डकैती आदि अपराधपूर्ण कार्यबाट समस्त राष्ट्रको सुरक्षा गर्ने कार्य जति महत्त्ववपूर्ण हुन्छ । त्यो भन्दा पनि अझ बढी राष्ट्रका विवाहित–अविवाहित सबै नारी जार्ति बलात्कृत हुनबाट रक्षा गर्ने कार्य पनि राष्ट्रले गर्नुपर्दछ ।
कुनै पनि कन्या कसैबाट बलात्कृत भएमा उसको कुमारित्व कसैगरी पनि फर्काउन सकिदैन त्यसैगरी कुनै पनि महिला बलात्कृत भएमा उनको सतित्व पनि फर्काउन सकिँदैन त्यसैले बलात्कार अत्यन्त निन्दनीय अपराध हो । बलात्कारका कारणबाट नारीमाथि पर्न गएको मानसिक एवं शारीरिक पीडाको क्षतिपूर्ति कसैगरे पनि हुन सक्दैन । तसर्थ नारीको सुरक्षाका लागि राष्ट्रले विशेष भूमिका निर्वाह गर्नुपर्र्ने हुन्छ ।
नारीको सुरक्षामा राज्यसँगै परिवारको पनि उत्तिकै भूमिका हुन्छ । नारीमाथि परेको पीडाको क्षतिपूर्ति नहुने कुरा त माथि उल्लेख भइसक्यो तसर्थ पीडकलाई कारवाही गर्ने भन्दापनि सतर्कता अपनाउनु धेरै राम्रो हुन्छ । हाम्रा धर्मशास्त्रीय ग्रन्थहरुले पनि नारीहरूलाई सदा पारिवारिक सुरक्षा दिनुपर्ने कुरा औँल्याएका छन् । बाल्यावस्थामा बाबुले, युवा अवस्थामा पतिले र वृद्धावस्थामा छोराहरूले नारीहरूको रक्षा गर्नु पर्दछ, नारीलाई कहिल्यै स्वतन्त्र रहँदैनन् ।
साह्रै वृद्धादेखि स–साना बालबालिकासम्म बलात्कृत भएको घटना यदा कदा सुन्न र पढ्न पाइन्छ । धर्मशास्त्रीय ग्रन्थहरुमा पनि अनिच्छाको सहवासलाई अत्यन्त निन्दनीय मानिएको छ । आफ्नै वर्णको, आफ्नै जातको पुरुष भएता पनि यदि उसले जबरजस्ती कन्यालाई करणी गर्छ भने ऊ तत्कालै मृत्युदण्डको भागी हुने कुरा धर्मशास्त्रीय ग्रन्थहरुमा उल्लेख गरिएको छ । तर कन्याका इच्छाले, कन्याको सहमतिमा सहवास भएको खण्डमा भने पुरुष मृत्युदण्डको भागी हुन पर्दैन ।
कन्याअवस्थामा बाबुले, युवावस्थामा पतिले र वृद्धावस्थामा पुत्रले नारीको रक्षा गर्ने विषयलाई लिएर विभिन्न विचारहरूले वैदिक सनातन धर्मले नारीलाई स्वतन्त्र रहन दिएको छैन भन्ने टिप्पणी गर्दछन् तर त्यो राम्रो होइन । नारीहरुको सुरक्षाको दृष्टिले नै धर्मशास्त्रीय ग्रन्थहरुमा यो कुराको उल्लेख गरिएको हो । आफ्नो अभिभावकको रेखदेखमा आफ्नो चरित्र जोगाउँदै सुकर्महरू गर्न नारीलाई कुनै बन्देज लगाइको छैन । पुरुषको तुलनामा नारीहरू बढी यौन दुराचारको शिकार हुने गर्दछन् ।
यौनदुराचार वा बलात्कारको दुष्परिणाम मुख्यतः नारीहरूमा पर्नेहुनाले घटना घट्नु भन्दा अगावै सतर्क रहन पनि नारीहरूलाई अलि बढी निगरानी राख्न खोजिएको हो । रात्रीकालीन अवस्थाका हिँडाइहरूमा एकान्तवासका अवस्थामा पुरुष भन्दा नारीहरू अलि बढी असुरक्षित भएको महसुस गर्दछन् । हाम्रा धर्मशास्त्रले महिलाका यी प्राकृतिक अवस्थाको दृष्टिगोचर गर्दै गरेका कुराहरूलाई वर्तमानमा सहज एवम् सकारात्मक रुपमा लिनुपर्दछ ।
पुरुषको काम महिलाले गर्न सक्लान् तर महिलाले गर्ने गर्भ धारण र पुरुषले गर्न सक्दैनन् । स्त्रीहरूको सम्मान तथा सुरक्षाका सवालमा धर्मशास्त्रमा धेरै कुरा उल्लेख गरिएको छ । एउटै अपराधमा पुरुषलाई मृत्यु दण्ड र महिलालाई कम सजाया दिने कुरा शास्त्रमा उल्लेख छ । कुनै पनि पाप कर्म गर्दा पुरुषलाई भन्दा महिलालाई कम पाप लाग्ने कुरा समेत शास्त्रमा उल्लेख छ ।
विवाह नभएकी कन्यालाई कन्याकै सहमतिमा सहवास गर्दा पुरुषलाई तीन भागको दुई भाग र कन्यालाई तीन भागको एक भाग दोष लाग्छ भन्ने कुरा महाभारतमा उल्लेख गरिएको छ । समाजका कतिपय व्यक्तिहरुले धर्मशास्त्रको मूलमर्म नै नबुझी हाम्रा आदिम सभ्यताका स्वतन्त्र ज्ञानमूर्ति ऋषिमूनिहरूका अलौकिक दिव्यदृष्टिद्धारा सुक्ष्मभन्दा सुक्ष्मकुराको विचार गरि बनाइएका लोककल्याणकारी भावनालाई नबुझि मात्र भौतिकवादी दृष्टिकोण राख्दै शास्त्रमा उल्लेखित कतिपय कुराहरुको अन्तर रहस्यलाई ध्यान नदिई तथा विचार विमर्श नगरी बोल्नु तथा भ्रम सिर्जना गर्नु किमार्थ राम्रो होइन ।
मान्छेले आफ्नो अधिकार खोज्न पाउँछ । तर मान्छे आफ्नो कर्तव्यबाट च्युत हुन पाउँदैन । आफ्नो अधिकार माग गर्दै बोल्न पाउँछ तर अरुलाई असर पर्ने गरि चिच्याउन पाउँदैन, यो हाम्रो सामाजिक, प्रजातान्त्रिक नियम हो । स्वतन्त्रताको पनि मर्यादा र अनुशासित रुपमा नै उपभोग गर्नुपर्दछ । धर्मशास्त्र, राज्यको कानुन तथा सामाजिक मूल्य र मान्यता अनुसार नै सबै रहनुपर्दछ । कुनै पनि मान्छे विधि भन्दा उचो छैन ।
स्त्री–पुरुष जो कोहीले पनि धर्मशास्त्रीय मर्यादाको उल्लङ्घन गर्नुहुँदैन । वैदिक धर्मशास्त्रीय ग्रन्थहरू हजारौं वर्षको तपस्या र अनुभवका फल हुन् । यिनीहरुको निर्माण सूक्ष्मातिसूक्ष्माध्ययनबाट भएको हो । नारी–पुरुषका शास्वत लैङ्गिक प्रकृतिलाई विचार गरेर स्त्री र पुरुषलाई विभिन्न बन्धन वा अनुशासनद्वारा सत्मार्गमा हिँडाउन यौन दुराचार, बलात्कार जस्ता यौन विकृतिबाट रोक्न प्रयासका कुराहरुलाई लिएर त्यसको अर्थ बङ्ग्याउनु किमार्थ राम्रो होइन । धर्मशास्त्रीय ग्रन्थहरुले समाजमा सामाजिक मर्यादा कायम गर्न खोजेका हुन् ।
आफ्नो चाहना नहुँदा नहुँदै बलात्कृत हुन पुगेका महिलालाई शास्त्रीय विधिले प्रायश्चित गराएर चोख्याउने व्यवस्था पनि शास्त्रमा उल्लेख छ । धर्मशास्त्रको यस्तो उदार भावना हुँदा हुँदै शास्त्रको गहिरो अध्ययन तथा आशयलाई बङ्ग्याउँदै शास्त्रीय नियमको उपहास गरेको यदा कदा पाइन्छ ।
आफ्नो चाहना नहुँदा नहुँदै बलात्कृत हुन पुगेका महिलालाई शास्त्रीय विधिले प्रायश्चित गराएर चोख्याउने व्यवस्था पनि शास्त्रमा उल्लेख छ । धर्मशास्त्रको यस्तो उदार भावना हुँदा हुँदै शास्त्रको गहिरो अध्ययन तथा आशयलाई बङ्ग्याउँदै शास्त्रीय नियमको उपहास गरेको यदा कदा पाइन्छ । समाजमा सबै किसिमका मानिसहरु हुने भएको हुनाले यस्ता कुराहरु हुनुलाई अस्वाभाविक पनि मान्नु हुँदैन ।
समग्रमाभन्दा हाम्रो वैदिक सनातन हिन्दु धर्ममा नारीहरूको अत्यन्त श्रद्धा र सम्मान छ । शास्त्रीय ग्रन्थहरूमा शक्तिको व्याख्या वर्णन पाइन्छ । शास्त्रीय ग्रन्थहरूमा उल्लेख गरिएका देवीका स्वरुपहरु देवीका पीठको चर्चा पनि नारी सम्मान नै हो । नारीहरूको सम्मान र सुरक्षा लागि वैदिक परम्परादेखि हाम्रो समाज सचेत रहेको पाइन्छ । नारीहरू परिवारका रत्न हुन् तसर्थ सफल पुरुषहरू नारी रक्षार्थ लागि पर्दछन् ।
नारी ममताकी प्रतिमूर्ति, वात्सल्यदायी माता, स्नेहकी मूर्ति, प्रेरणापुञ्ज हुन् । जीवनकी सहयात्री अर्धाङ्गिनी पत्नी पनि हुन् । तसर्थ वैदिक सनातनकालदेखि नै हिन्दु समाज नारी जातिको सुरक्षा तथा रक्षाका लागि क्रियाशील रहेको पाइन्छ।