डेढ करोढ शेयर पुँजी रहेको हिमशिखर उत्कृष्ट सहकारीमा पुरस्कृत - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

डेढ करोढ शेयर पुँजी रहेको हिमशिखर उत्कृष्ट सहकारीमा पुरस्कृत



कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका–१ मा रहेको हिमशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सुदूरपश्चिम प्रदेशबाट वचत तथा ऋण बाहेकको व्यवसाय गर्ने सदस्यमध्ये उत्कृष्ट प्रादेशिक पुरस्कार विद्याबाट सम्मानित भएको छ ।

राष्ट्रिय सहकारी बैंक लिमिटेडको १५ केन्द्रीय साधारण सभामा सहकारीको प्रवर्द्धन , विकास र सामाजिक रूपान्तरणमा महत्त्वपूर्ण योगदान पु¥याएको भन्दै प्रदेसकै उत्कृष्ट सहकारीको रुपमा पुरष्कृत भएको हो ।

शनिबार भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्यालले सहकारी संस्थाका सञ्चालक समितिका सचिव विमल जोशीलाई दोसल्ला ओडाएर प्रंशासापत्र प्रदान गरिन् ।
सुदूरपश्चिम प्रदेशका दुई सय १७ वटा वचत तथा ऋण बाहेकको व्यवसाय गर्ने सहकारीको रूपमा हिमशिखर उत्कृष्ट सहकारीमा परेका संस्थाका सचिव जोशीले बताए ।

डेढ करोढ शेयर पुँजी रहेको हिमशिखकरका दुई हजार बढी शेयर सदस्य रहेका छन् । सहकारीले वचत तथा ऋण बाहेक मल विउ, कृषि औजार किसानलाई उपलब्ध गराउँदै आएको छ । नेपालमा वचत तथा ऋण बाहेकका मात्रै १० हजार २ सय १८ सहकारीहरू रहेका छन् ।