हिंसा दिवसलाई राष्ट्रिय दिवस बनाउने सरकारको निर्णय दु:खद- ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ‘जनयुद्ध दिवस’ मनाउने निर्णय गरेकोप्रति आपत्ति जनाएका छन् ।
आफ्नो ७२औं जन्मदिनको अवसरमा बालकोटमा आयोजित विशेष कार्यक्रममा ओलीले हिंसा दिवसलाई राष्ट्रिय दिवसको रूपमा मनाउने सरकारको निर्णयलाई दु:खद भएको बताए ।
देशमा हिंसा टुंगिएको भएपनि केही मान्छेहरूको व्यवहारमा अझै हिंसा रहेको उनको आरोप थियो ।