हिमपातका कारण भिमदत्त राजमार्ग अवरुद्ध - Himal Post Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

हिमपातका कारण भिमदत्त राजमार्ग अवरुद्ध



डडेल्धुरा । सुदूरपश्चिमका पहाडी जिल्लाका विभिन्न स्थानमा शुक्रबार बिहानैदेखि हिमपात सुरु भएको छ । घना जंगल एवं उच्च पहाडी भेगमा हिमपात भएपछि यहाँ अत्याधिक चिसो बढेको छ । डडेल्धुरा लगायत बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुला जिल्लाका उच्च लेकाली भेगमा हिमपात सुरु भएसँगै चिसो बढेको हो।

सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने एक मात्रै सडक भिमदत्त राजमार्गको हगुल्टे, शाहुखर्क क्षेत्रमा बिहानैदेखि हिमपात सुरु भएपछि राजमार्ग अवरुद्ध भएको छ। हिउँ परेपछि पहाडका जिल्ला अवत जावत गर्ने सवारीका साधन राजमार्गमै रोकिएका छन् । बिहीबार बेलुकीदेखि पानी पर्न सुरु भएसँगै शुक्रबार बिहानदेखि हिमपात सुरु भएको हो ।