हिमेश पन्त सिधै पुगे टप थ्रीमा: रंगशालाको लागि दिए २५ हजार - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

हिमेश पन्त सिधै पुगे टप थ्रीमा: रंगशालाको लागि दिए २५ हजार



काठमाडौं– स्ट्याण्ड अप कमेडियन हिमेश पन्तले धुर्मुस सुन्तली द्वारा निर्मित रंगशालाको लागि २५ हजार सहयोग गरेका छन्।

उनि सिधै कमेडी च्याम्पियन रियालिटी शोको टप थ्रीमा पुगेका छन्। निर्णायकहरुले उनलाई सोझै टप थ्रीमा छानेका हुन् । राउण्ड अफ द विकमा छानिएपछि पन्त सिधै फाइनलमा पुगेका छन्।

अन्य तीनजना (विष्णुप्रसाद गौडेल, सुमन कोइराला र खड्गबहादुर पुन मगर) मध्ये अर्को हप्ता भोटिङबाट एकजना आउट हुनेछन्। बढ भोट ल्याउने दुईजना र पन्तबीच उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

यसैबीच, पन्तले टप थ्रीमा पुगेबापत पाएको २५ हजार रुपैयाँ चितवनमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई प्रदान गरेका छन्।

कमेडी च्याम्पियनको सेटमा आएका सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीलाई उनले सो रकमको चेक हस्तान्तरण गरेका थिए।