हिमाचलको मनालीमा पनि तीज मनाईयो - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

हिमाचलको मनालीमा पनि तीज मनाईयो



हिमाचल /कुल्लु मनाली 

नेपालीहरूको बाक्लो बसोबास रहेको भारतको हिमाचल प्रदेशको मनालीमा पनि तीज कार्यक्रम भव्य रूपमा मनाइएको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति कुल्लू मनालीले आयोजना गरेको वृहत् तीज कार्यक्रममा मनालीमा बसोबास गर्ने प्रवासी नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो । समितिका अध्यक्ष साईला लामाको सभापतित्वमा भएको कार्यक्रममा मनालीका एसडीएम रमण घसाईनी प्रमुख अतिथिका रूपमा उपस्थित रहनु भएको थियो ।

समारोहमा विशेष अतिथिका रूपमा नेपाल पत्रकार महासङ्घ भारतका अध्यक्ष लोकेश शाह, एभरेष्ट बैङ्कका लागि भारतका प्रमुख भरत कार्की प्रभु बैङ्कका लागि भारतका प्रमुख सुनिल मिश्र, नेपाल रेमिटका देवेन्द्र कुँवर, आर एन आरका वरिष्ठ केन्द्रीय सदस्य खुम गुरुङ लगायत स्थानिय प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति रहेको थियो । समारोहमा नेपाल पत्रकार महासङ्घ भारतको पहलमा एभरेष्ट बैंक, प्रभु बैंक र नेपाल रेमिटले कार्यालय सञ्चालनमा सहयोगका लागि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति कुल्लू मनालीलाई प्राविधिक सामग्री हस्तानतरण गरेको छ ।

हिमाचलमा रहदै आएका प्रवासी नेपालीहरूको हकहितका लागि लडेर उनिहरुलाई अधिकार दिलाउन सफल मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले प्राविधिक सामग्रीको अभावमा कार्य सम्पादनमा असहजता महसुस गरिरहेको थियो । उनिहरुको समस्याको समाधान स्वरुप नेपाल पत्रकार महासङ्घ भारतको पहलमा वित्तिय संस्थाहरु नेपाल रेमिट, एभरेष्ट बैंक र प्रभु बैंकले अध्यक्ष साईला लामा, उपाध्यक्ष रतन लाल, सचिव बैकुण्ठ रिमाल नवीन, र सल्लाहकर जय बहादुरलाई संयुक्त रूपमा कम्प्युटर लगायतका सामग्री हस्तान्तरण गरेको हो ।

समारोहमा नेपाल पत्रकार महासङ्घ भारतका अध्यक्ष लोकेश शाहले समितिले गरेको कामको प्रशंसा गर्दै प्रवासी नेपालीको लडाईमा नेपाल पत्रकार महासङ्घ भारतले सदैब साथ र सहयोग दिने बताउनु भयो ।