प्रचण्ड बने हिमालयन बैंकको अध्यक्ष - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

प्रचण्ड बने हिमालयन बैंकको अध्यक्ष



काठमाडौं– हिमालयन बैंकको अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ चयन भएका छन्। बुधबार बसेको सञ्चालक समिति बैठकले उनलाई अध्यक्ष चयन गरेको हो। श्रेष्ठ मर्जर प्रक्रियाको अन्तिम टुंगो नलागुन्जेल बैंकको अध्यक्ष हुनेछन्।

हिमालयन बैंक नेपाल इन्भेष्टमेण्ट बैंकसँग मर्ज भएर आगामी पुसदेखि एकीकृत कारोबार सुरु हुने तयारी छ। यसअघि बैंकको अध्यक्षमा कर्मचारी सञ्चयकोषका प्रशासक तुलसीप्रसाद गौतम थिए। उनलाई सरकारले प्रशासकबाट हटाएपछि बैंकको अध्यक्ष पद खाली थियो। गौतम अध्यक्ष रहेकै समयमा नेपाल इन्भेष्टमण्ट बैंकसँग हिमालयन गाभिने सम्झौता भएको थियो।

मर्जरपछि बन्ने नयाँ बैंकको अध्यक्ष पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक राणा रहनेछन्। बैंकको चुक्ता पुँजी २६ अर्ब ९४ करोड १७ लाख ३० हजार रुपैयाँ पुग्नेछ । यस्तै, निक्षेप ३ खर्ब ११ अर्ब रुपैयाँ, कर्जा २ खर्ब ८७ अर्ब रुपैयाँ र सञ्चित कोषमा १९ अर्ब ७४ करोड रुपैयाँ पुग्नेछ।