मतदान सकियो: हिजोभन्दा ११६ मत कम खस्यो - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

मतदान सकियो: हिजोभन्दा ११६ मत कम खस्यो



काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि भएको दोस्रो चरणको मतदान सकिएको छ ।

मंगलबार राति राष्ट्रियसभा गृहमा भएको मतदानमा ४५६३ मत खसेको पार्टीको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ ।

हिजोको तुलानामा मतदाताको संख्यो घटेको हो । सोमबार राति सकिएको मतदानमा ४६७९ मत खसेको थियो ।

सोमबार भएको निर्वाचनमा सभापति पदका प्रत्यासी कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि सबैभन्दा बढी मत ल्याउने प्रधानमन्त्री एवं वर्तमान पार्टी सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच दोस्रो चरणको निर्वाचनका लागि प्रतिस्पर्धा हो ।