हाइबे क्षेत्रमा क्रियाशिल महिला सन्चारकर्मी हरुको कार्यसमिति चयन,अध्यक्षमा भट्टराई
बिशाल पाण्डेय / सुखड ,कैलाली ।
कैलालीको गौरिगङ्गा नगरपालिका -८ मसुरियामा हाइबे क्षेत्रमा क्रियाशिल महिला सन्चारकर्मी हरुको कार्यसमिति चयन गरिएको छ ।
सोमबार मसुरियामा हाइबे क्षेत्रमा क्रियाशिल सन्चारकर्मि हरुको भेलाले ९ कार्य समिति सर्बसम्मत चयन गरेको हो । भेलाले लक्ष्मी भट्टराईको अध्यक्षतामा कार्यसमिति चयन गरेको थियो ।
त्यस्तै कार्यसमितिको उपाध्यक्षमा जमुना न्युरे ,सचीवमा इन्दु केसि ,सहसचिवमा हेमा चौधरी ,कोषाध्यक्षमा सरस्वती सापकोटा चयन भएका छ्न । साथै समितिको सदस्यमा समिक्षा रसाइली ,जयन्ती चौधरी ,संगिता खड्का र निर्मला कार्की रहेका छ्न ।
छापाँ तथा विद्युतिय संचार माध्यमहरू बाट स्थानिय तहमा हुनेगरेका हरेक गतिबिधीहरूको बिश्वस्नियताका साथ सम्पूर्ण जनमानसमा संदेश प्रबाह गर्ने , स्थानिय स्तरमा रहेका कुरिती र कु – संस्कारको न्यूनिकरणका लागी जनचेतना मुलक कार्यक्रम संचालन गर्ने, संगै स्थानिय तहका जनप्रतिनिधी र जनताहरू बिच संचारका माध्यामबाट समन्वयकारी भुमिका निर्बाह गर्ने उदेश्यले महिला संचार समितिको निर्माण गरिएको अध्यक्ष भट्टराईले हिमाल पोस्टलाई जानकारी दिनुभयो ।