मुस्लिम पुरुषसँग रेलमा यात्रा गरिरहेकी हिन्दू महिलालाई उतारेर प्रहरीको जिम्मा लगाइयो - Himal Post Himal Post
  • ११ असार २०८३, बिहीबार
  •      Thu Jun 25 2026
Logo

मुस्लिम पुरुषसँग रेलमा यात्रा गरिरहेकी हिन्दू महिलालाई उतारेर प्रहरीको जिम्मा लगाइयो



छिमेकी देश भारतमा हिन्दू अतिवादी संगठन बजरंग दलका सदस्यहरूले मुस्लिम पुरुषसँग यात्रा गरिरहेकी एक विवाहित महिलालाई रेलबाट उतारेर प्रहरीको जिम्मा लगाइदिएका छन् ।

इन्दोरबाट अजमेर गइरहेका ती दुवैमध्ये पुरुषलाई बजरंग दलका सदस्यले हातपात समेत गरेका छन् । ‘लव जिहाद’को आरोप लगाउँदै आसिफ सेख नामका ती पुरुषमाथि हातपात भएको हो ।

ती पुरुषसँग यात्रा गरेकी हिन्दू महिला एक विद्यालय शिक्षिका हुन् । प्रहरीको जिम्मा लगाइएपछि दुवैलाई प्रहरीले सोधपुछ गरेको थियो ।

दुवैका परिवारका सदस्य आएपछि बयान लिएर प्रहरीले छोडिदिएको छ । भारतीय सञ्चारमाध्यम ‘इण्डियन एक्सप्रेस’का अनुसार उनीहरू विरुद्ध प्रहरीले कुनै मुद्दा दर्ता गरेको छैन ।

प्रहरी अधिकारी निवेदिता गुप्ताले भनिन्, ‘दुवैमाथि र बजरंग दलका सदस्यमाथि कुनै मुद्दा दर्ता गरिएको छैन । रेलमा चढेर बजरंग दलका सदस्यले हातपात गरेको हाम्रो जानकारीमा छैन ।’