अज्ञात समुहद्वारा हाईस गाडिमा आगजनी - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

अज्ञात समुहद्वारा हाईस गाडिमा आगजनी



तुलसिपुर । दाङमा अज्ञात समुहले हाईस गाडिमा आगजनी गरेको छ । बिहिवार राति तुलसिपुर अमिलिया सडकखण्डमा बा३ ख ८५९३ नम्बरको गाडिमा आगजनी भएको ईलाका प्रहरी कार्यालय तुलसिपुरले जनाएको छ ।

बिग्रिएर जंगलमा रोकिराखेको सो गाडिमा अज्ञात समुहले आगजनी गरेको खबर पाए लगत्तै प्रहरी घटनास्थल पुगेको थियो ।

ईलाका प्रहरी कार्यालयका प्रमुख प्रेमबहादुर शाहिले गाडिमा आगजनी गर्ने समुहको खोजिकार्य भैरहेको जानकारी दिए ।