हेटौडामा नेकपा (एस)मा लाग्नेको लर्को, उपमेयरसहित दर्जनौले छोडे एमाले - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

हेटौडामा नेकपा (एस)मा लाग्नेको लर्को, उपमेयरसहित दर्जनौले छोडे एमाले



मकवानपुर- हेटौंडामा एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टी रोज्नेहरूको लर्को लागेको छ । उपमहानगरपालिकाकी उपमेयर सहित २५ जना जनप्रतिनिधिले एमाले त्याग्दै नवगठित नेकपा (एकीकृत समाजवादी) रोजेका छन्।

उपमेयर मीना लामासहित दुई दर्जन बढी जनप्रतिनिधिलेबिहीबार प्रदेश निर्वाचन कार्यालय हेटौडामा पुगेर सनाखत गरेका छन् ।

उपमेयर लामासहित २५ जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेका हुन्। मकवानपुरका १० वटा स्थानीय तहका २५ जना जनप्रतिनिधिले समाजवादीमा सनाखत गरेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।

उपमेयर लामासँगै मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष टङ्क मोक्तान र मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले पनि सनाखत गरेका छन्। त्यस्तै थाहा नगरपालिकाका–११ का वडा अध्यक्ष किरणमान बलसहित अर्का एक वडा अध्यक्षले पनि सनाखत गरेको जनाइएको छ।

यसअघि बागमती प्रदेशसभामा मकवानपुरबाट निर्वाचित मुनु सिग्देल र प्रतिनिधिसभा सदस्य विरोध खतिवडाले पनि समाजवादीमा सनाखत गरिसकेका छन्।