हेटौंडामा एकापसमा ठोकिए बस ,३० जना घाइते - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

हेटौंडामा एकापसमा ठोकिए बस ,३० जना घाइते



हेटौंडा । पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका–३ बसामाडीमा रहेको ढाट नजिकै बस एकापसमा ठोकिएका छन् ।

शनिबार बिहान काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको ना ७ ख ९३६ नम्बरको बस र इलामको पशुपतिनगरबाट काठमाडौं जादै गरेको ना ७ ख २०५७ नम्बरको यात्रुबाहक बस एकापसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ भने, ३० जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईका अनुसार हुनेमा ना ७ ख २०५७ नम्बरको बस चालक साविकको उदयपुर वरही गाविस ६ बस्ने ४० वर्षीया मानबहादुर मगर रहेको छन् । मगरको उपचारको क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनाका घाइतेमध्ये ३ जनालाई थप उपचारका लागि चितवनको पुरानो मेडिकल कलेज रिफर गरिएको र घाइते १२ जनाको चुरेहिल अस्पतालमा उपचार भइरहेको उपरीक्षक भट्टराईले जानकारी दिनुभयो । बाँकी घाइतेहरुको सामान्य उपचारपछि घर फर्किसकेको प्रहरी जानकारी दिएको छ।फाईल तस्विर