"हेमन्ताको तिज गितले छमछमी नाच्ने बनायो " बोलको म्युजिक भिडियो सार्वजनिक(भिडियो सहित) - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

“हेमन्ताको तिज गितले छमछमी नाच्ने बनायो ” बोलको म्युजिक भिडियो सार्वजनिक(भिडियो सहित)



बिशाल पाण्डेय / कैलाली ।
नेपाली नारिहरुको महान पर्व हरितालिका तिज नजिकिदै गर्दा नेपाली सांगीतिक क्षेत्रमा सक्रिय  गायक तथा गायिकाहरु आफ्ना विभिन्न गित तथा भिडियोहरु सार्वजनिक गर्न ब्यस्त भएका छन ।

यसै क्रममा बिगत लामाे समय देखि गायन क्षेत्रमा सफल गायिकाकाे रुपमा देखा परेकि गायिका हेमन्ता शर्माले यस बर्षको तिजको कोसेली “हेमन्ताको तिज गितले छमछमी नाच्ने बनायो ” बोलको म्युजिक भिडियो म्युजिक नेपाल युट्युव च्यानल मार्फत बिहीबार सार्वजनिक गरेकि छिन ।

हेमन्ता शर्माको आफ्नै लय ,शब्द र संगित रहेको उक्त गितको म्युजिक भिडियोको निर्देशन भिम बिष्ट(अछामी रेखा) ले गरेका हुन ।

अमृत बिकले छायांकन तथा सम्पादन गरेको म्युजिक भिडियोमा हेमन्ता शर्मा स्वयंले छमछमी नृत्य गरेको देख्न सकिन्छ । उक्त म्युजिक भिडियो कैलालीकाे धनगढिमा रहेकाे नैना देबि मन्दिरमा सुटिङ गरिएको हो । हेमन्ता शर्माको यो तिज गितले सफलता पाओस् हाम्रो पनि शुभकामना ।

भिडियो हेर्नुहोस :