हेमन्तप्रकाश ओलीसहित ९ जनाविरुद्ध सरकारले लगायो ४ मुद्दा - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

हेमन्तप्रकाश ओलीसहित ९ जनाविरुद्ध सरकारले लगायो ४ मुद्दा



काठमाडौं– नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता हेमन्तप्रकाश ओलीसहित ९ जना विरुद्ध आइतबार जिल्ला अदालत ललितपुरमा मुद्दा दर्ता भएको छ।

विप्लव समूहका स्थायी समिति सदस्य तथा मध्य क्षेत्रीय कमान्ड इन्चार्ज समेत रहेका ओलीसहित ९ जनाविरुद्ध प्रहरी विभिन्न किसिमका ४ वटा मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरेको छ। आइतबार महानगरीय प्रहरी परिसर काठमाडौं जिल्ला अदालतमा ललितपुरमा उनीहरु विरुद्ध मुद्दा दर्ता गरेको हो।

उनीहरुविरुद्ध हातहतियार तथा खरखजना, विस्फोटक पदार्थ, राज्य विरुद्धको अपराध र संगठित अपराधमा मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता उत्तमराज सुवेदीले नेपाल लाइभलाई जानकारी दिए।

अहिले कर्तव्य ज्यानमा भने उनीहरुविरुद्ध मुद्दा दर्ता भएको छैन। अनुसन्धानको क्रममा कर्तत्वय ज्यानमा समेत संलग्न देखिए त्यसतर्फ पनि मुद्दा दर्ता हुनसक्ने भएकाले अहिलेनै कर्तत्वय ज्यानमा मुद्दा दर्ता नभएको प्रवक्ता सुवेदीले जानकारी दिए।

सुदर्शनसहित ९ जनालाई काभ्रेको खानीखोलाबाट शुक्रबार राति महानगरीय अपराध महाशाखा, विशेष ब्युरो र जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले पक्राउ गरेको थियो।

पक्राउ पर्नेमा सुदर्शनसहित धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, शंकर अधिकारी, विजय श्रेष्ठ, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे र लोकेन्द्र खड्का रहेका छन्।