क्यान्सर पिडित छोराको उपचारको लागी सहयोग गर्न बुढाथोकीको अपिल
सल्यान । क्यान्सर पिडित छोराको उपचारमा सहयोग गर्न सल्यानका पट वहादुर वुढाथोकीले अपिल गरेका छन् । जिल्लाको दार्मा गाँउपालीका वडा ३ झुलेली वस्ने पट वहादुर वुढाथोकीले १४ बर्षिय छोरा कमल वुढाथोकीको वाँया खुट्टामा क्यान्सर भएका कारण उपचारको लागी सहयोग गर्न आग्रह गरेका हुन् ।
घरको आर्थिक अबस्था कमजोर भएकाले सहयोग गर्न उनले आग्रह गरेका हुन् । बुढाथोकीलाई उपचारका लागि पाँच लाख खर्च लाग्ने भएको छ । ‘आफु संग भएको सबै पैसा उपचार गर्दा सकियो, अझै निको भएन, अब पाँच लाख खर्च लाग्ने भयो, त्यो सम्मको मेरो अबस्था भएन, छोराको उपचारको लागी सहयोग गर्नुहोस’– उनले भने ।
उनका छोराको वि.पि.कोइराला मेमोरियल क्यान्सर हस्पिटल भरतपुर चितवनमा अप्रेसन भई अहिले सम्म दश लाख खर्च भैसकेको छ ।
उनले भने –‘छोराको उपचार गर्नको लागी मेरो पारीवारीक स्थितिले नसक्ने भयो, छोराको भविष्य उज्वल बनाउनको लागी सहयोयको अपिल गर्दछु ।’ उनले पैसाको अभाब भएपछि अहिले छोरा घरमै उपचारको अभाबमा छटपटाईरहेको बताए । २०७३ को फागुनमा क्यान्सर हस्पिटल भरतपुर चितवनमा क्यान्सर रोग पत्ता लागी सके पछि कमल बुढाथोकीको खुट्टा काटिएको थियो ।
उनले आफु छोराको निरन्तर उपचारमा लागीरहेको बताए । उपचार गर्न जान, बस्न, खानसमेत पैसाको अभाब रहेकाले बुढाथोकीले बिभिन्न निकाय संग सहयोग माग्दै हिडेको बताए । उनले सहयोग गर्ने चाहाना भएमा समुह, संस्था, वा ब्यक्तिले लक्ष्मी वैङ्कको खाता नम्वर ०४०४३००१४८२ मा जम्मा गरी दिनुहुन वा मा सम्पर्क नम्वर ९८२२८०३४१८ अनुरोध गरेका छन् ।