हेलिकप्टरबाट गर्भवती महिलाको उद्धार - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

हेलिकप्टरबाट गर्भवती महिलाको उद्धार



कैलाली । बाजुराको कोल्टीबाट एक गर्भवती महिलालाई उद्धार गरीएको छ । बुढीनन्दा नगरपालिका–१ राउतबाडाकी २२ वर्षीय रमिला रोकायालाई सिम्रिक एयरको हेलिकोप्टरबाट उपचारका लागि नेपालगन्ज  पुर्‍याइएको हो ।

कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा गए राति भर्ना गरिएकी रोकायाको सहजै प्रसूती हुन नसकी नेपालगन्ज रेफर गरेपछि सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीको पहलमा हेलिकोप्टरबाट रोकायालाई नेपालगन्ज लगि भर्ना गरिएको सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीका स्वकीय सचिव लोकेन्द्र धामीले जानकारी दिए ।

गर्भमा रहेको बच्चाले दिशा खाएको र टाउको ठुलो भएका कारण कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रले नेपालगञ्ज रिफर गरेको स्वकीय सचीव धामिले जानकारी दिए । तस्वीर : सामाजिक संजाल