हेलिकोप्टर दुर्घटना : सोसाइटीको नयाँ खुलासा

काठमाडौं- हेलिकोप्टर व्यवसायीहरुको साझा संस्था हेलिकोप्टर सोसाइटी अफ नेपालले हेलिकोप्टर दुर्घटनाका विषयमा अनर्गल प्रचार भएको बताएको छ। गत बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनाका मृतकप्रति श्रद्धाञ्जली तथा शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्न आयोजित कार्यक्रम पछि प्रेस विज्ञप्ति जारी गर्दै सो संस्थाले यस्तो बताएको हो।
नेपाल सरकारले दुर्घटना जाँचवुझ आयोग गठन गरिसकेको अवस्थामा जाँचवुझ आयोगलाई प्रभाव पर्ने गरी आम सञ्चार माध्यममा अनर्गल प्रचार भएको भन्दै सोसाइटीले चिन्ता व्यक्त गरेको हो।
‘घटनालाई केन्द्रबिन्दु बनाएर कुनै किसिमको अनर्गल प्रचार प्रसार तथा हल्का टिका टिप्पणी नगर्न हेलिकप्टर सोसाइटी अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

