जोशीला युवा क्लब द्वारा १ दिने स्वास्थ्य शिविर सम्पन्न। - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

जोशीला युवा क्लब द्वारा १ दिने स्वास्थ्य शिविर सम्पन्न।



नुवाकोट।
नुवाकोटको सूर्यगढी गाउँपालिका वडा नं ४ को हल्देकालिकामा जोशिला युवा क्लबको आयोजनामा सञ्चालित एकदिने मुटुरोग विशेष स्वास्थ्य शिविर सम्पन्न भएको छ।उक्त शिविरको समापनको क्रममा नेपाली काँग्रेसका युवा नेता एवं महासमिति सदस्य रमेश कुमार महतले ज्ञान र आर्थिक अभावका कारण अधिकांश नेपाली नागरिक मुटुरोग लगायत अन्य रोगहरूबाट पीडित भएको बताउँदै नेपाली काँग्रेसको सरकारले ल्याएको स्वास्थ्य बिमाको कार्यक्रमबाट आम नागरिक लाभान्वित हुन सक्ने बताए।

काँग्रेस नेता महतले शिविर सञ्चालनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने नेपाल मेडिकल कलेज काठमाडौँका चिकित्सक एवं रेडक्रसकर्मीहरुलाई सधन्यबाद सहित प्रशंसा पत्र द्वारा सम्मान गरेका थिए ।

कार्यक्रममा तादी गाउँ पालिकाका अध्यक्ष नारायण पाण्डे र सूर्यगढी गाउँपालिकाकी उपाध्यक्ष मञ्जु वुढाथोकीले मुटु रोगलाई सामान्य रूपमा लिने प्रवृत्तिका कारणले धेरैको ज्यान गएको बताउँदै यसका बारेमा जनचेतना जागृत गराउन स्थानीय संघसंस्थाहरु क्रियाशील हुनुपर्नेमा जोड दिएका थिए ।

शिविरमा २४१ जना स्थानीयको स्वास्थ्य परीक्षण गरिएको र त्यस मध्ये मुटुरोगको बढी समस्या देखिएका ३२ जनालाई काठमाडौँमा उपचारका लागि सिफारिस गरिएको आयोजक संस्थाका अध्यक्ष अच्यूत ढकालले जानकारी दिए ।