लोकप्रिय गायक नारायण रायमाझीको मौलिक तीज गीत 'हे मेरी आमा' चर्चामा (भिडियो सहित) - Himal Post Himal Post
  • ८ कार्तिक २०८१, बिहीबार
  •      Thu Oct 24 2024
Logo

लोकप्रिय गायक नारायण रायमाझीको मौलिक तीज गीत ‘हे मेरी आमा’ चर्चामा (भिडियो सहित)



समीर प्रकाश पाण्डे

दिनहुँ युट्युबमा तीजका गीतहरू अपलोड भई रहेका बेला ,लोकप्रिय वरिष्ठ गायक तथा निर्देशक नारायण रायमाझीले तीजको मार्मिक गीत सार्वजनिक गरेका छन्। दर्शक श्रोताहरूको रुचिसँगै नेपाली साङ्गीतिक बजारमा तीज गीतको बाढी नै चलिरहेको बेला नयाँ स्वादको मार्मिक गीत “हे मेरी आमा” सार्वजनिक गरेका हुन् ।

नेपाली लोक सङ्गीत क्षेत्रमा करिब दुई दशक देखि सक्रिय रहेकी र साङ्गीतिक यात्रालाई निरन्तरता दिँदै सम्पूर्ण नेपाली श्रोता दर्शकको मन जितेर सबैको मन मस्तिष्कमा बस्न सफल नेपाली लोक गीत सङ्गीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएकी स्थापित सफल गायिका देवी घर्तीले महिलाका वेदना र माइतीको सम्झनालाई समेटेको अति मार्मिक स्वर यो गीतमा भरेकी छिन् भने लोकप्रिय सर्जक रमेश बिजीको शब्द सृजना रहेको छ गीतमा नेपाली लोक साङ्गीतिक क्षेत्रका धरोहर वरिष्ठ गायक नारायण रायमाझी र विरही कान्छाको लय रहेको छ गीतको एरेन्ज बि.बि. अनुरागीले गरेमा छन् ।

नारायण रायमाझीकै निर्देशनमा रहेको सो गीतको भिडियोमा अनुष्का अधिकारी, हिमाल गौतम, रमेश केसी मट्टारे, अप्सरा अधिकारी, देवेन्द्र बब्लु, हरि अधिकारी, बिन्दु खड्का, सुमित्रा तामाङ, एलीना ठकुरी, सरु राई, सोनीका गजमेर, बिपना केसी, सन्देश रायमाझीको अभिनय रहेको छ । गीतलाई छायाङ्कन र सम्पादन मिराज अर्यालले गरेका छन् । नेपाली चेलीहरूको कथा व्यथा समेटिएको मौलिक कथा झल्काउने मार्मिक गीत रिमा इन्टरटेन्टमेन्ट नेपाल मार्फत सार्वजनिक भएको छ।