हावाहुरी प्रभावित क्षेत्र : रमिते बने जनप्रतिनिधि, विवरण संकलन समेत भएन - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

हावाहुरी प्रभावित क्षेत्र : रमिते बने जनप्रतिनिधि, विवरण संकलन समेत भएन



विशाल पाण्डेय/लोकु सिंह ठकुरी
कैलालीको बर्दगोरीया गाउपालिकालाई एक साता अघि आएको बिनासकारी हावा हुरीबाट तपाईको पालिकामा के कती क्षति भयो भनेर सोध्नु भयो भने ढुक्क हुनुहोस् तपाईले त्यसको सहि जवाफ पाउनु हुने छैन । कारण गाउपालिकाले बिनासकारी हावाहुरीबाट प्रभावितहरुको बिवरण समेत संकलन गरेको छैन । पिडीतहरुको घाउमा मलमपट्टी लगाउनु तथा राहत बितरण गर्नु त परको कुरा हो, जनतालाई आश्वासन दिनका लागि समेत सरकार पिडीतको घरदैलोमा पुगेन ।

केही वडाका वडा अध्यक्षहरु आफ्नो वडाको सिमित ठाउँमा पुगेर जनताको दुखाईको दृश्य हेरे पनि केही पहल भने हाल सम्म पनि नगरेको स्थानीयहरु बताउछन । छिमेकी पालिकाहरुले हावाहुरी प्रभावितहरुको बिवरण संकलन गरी केही राहत समेत बितरण गरिरहेको अवस्थामा समेत बर्दगोरीयाले कानमा तेल हालेर बस्नुले सरकारका प्रतिनिधीहरु जनताको बिषयमा कत्तीको चिन्तित छन भन्ने कुरा प्रस्ट देखिन्छ । हुन त वडाले सिफारिस गरेको आधारमा गाउपालिकाले पिडीतलाई राहत रकम बितरण गर्ने सोच बनाएको गाउपालिकाका सुचना अधिकारी गोबिन्द राज रेग्मी बताउनु हुन्छ । तर कहिले, कसरी र कती रकम बितरण गर्ने भन्ने बारेमा अहिले नै भन्न नसकिने उहाको भनाई छ ।

वडाको सिफारिसको आधारमा राहत बितरण गर्ने भने पनि कुनै पनि वडाले हाल सम्म पनि अनुगमन समिती गठन गरी प्रभावितहरुको बिवरण संकलनमा तत्परता देखाएका छैनन । यद्धपी केही वडाका प्रतिनिधीहरुले आफैले बिवरण संकलनको प्रयास गरेका छौ भने पनि पिडीतहरुको दुखाईमा मलम भने लाग्न सकेको छैन । उसो त गाउपालिकाको बिपद ब्यवस्थापन कोषमा १० लाख रुपैयाँ पनि राखिएको छ तर, बिपदको अवस्थामा तिब्र गतिमा खर्च गर्नु पर्ने सो रकम कहिले खर्च हुन्छ भन्दै जनताले प्रश्न गर्न थालेका छन । भने कतीपयले सरकार आफ्नो कर्तब्य बिमुख भएको प्रतिक्रिया दिएका छन ।

जनप्रतिनिधी भन्दा प्रहरी सक्रिय

गाउपालिकाले आफुले हावाहुरीबाट प्रभावितहरुको बिवरण संकलन त गरेको छैन नै प्रहरी संग समेत कुनै समन्वय गरेन । बरु प्रहरीले आफनो सक्रियता बढाएको छ । हावाहुरी आएको भोलिपल्ट देखी नै प्रहरी गाउँ–गाउँमा पुगेर क्षतीको मुचुल्का उठाउने काम गरीरहेको छ । यस अर्थमा बरु ईलाका प्रहरी कार्यालय बौनियासंग भने प्रभावितहरुको केही बिवरण पाउन सकिन्छ ।

ईलाका प्रहरी कार्यलय बौनिया प्रमुख प्रहरी निरिक्षक ध्रुव बहादुर बिष्टका अनुसार हाल सम्म प्रभावितहरुका १ सय ६२ निबेदन प्रहरीमा आएका छन । वडा नम्बर १ बाट २७, वडा नम्बर २ बाट ५३, वडा नम्बर ३ बाट ३६, वडा नम्बर ४ बाट २८, वडा नम्बर ५ बाट २ र वडा नम्बर ६ बाट १६ निबेदन प्रहरीमा आएका हुन । प्रभावितका निबेदन आउने क्रम जारी रहेको प्रहरीको भनाई छ ।

प्रहरीमा निबेदन आए पनि बढी प्रभावित कती र सामान्य प्रभावित कती भन्ने बारेमा केही पनि खुलेको छैन । प्रभावितले राहत रकम पाउने वा नपाउने बिषयमा आफुलाई कुनै जानकारी नभएको र गाउपालिकाले समेत आफु संग समन्वय नगरेको भन्दै आफुले मुचुल्का उठाएर सम्बन्धित वडा कार्यालयलाई सिरफारिस गर्ने गरेको प्रमुख प्रहरी निरिक्षक बिष्टले बताउनु भयो । यद्धपी केही वडा अध्यक्षहरुले मुचुल्का उठाउनु पर्ने प्रभावित ठाउँको बारेमा फोन मार्फत जानकारी दिने गरेको उहाँको भनाई छ ।