कैलालीमा हावाहुरी, असिना र चट्याङको बितण्डा - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

कैलालीमा हावाहुरी, असिना र चट्याङको बितण्डा



हिमाल पोस्ट / सुखड, कैलाली ।
बुधवार राती आएको हावाहुरी, असिना पानी र चट्याङले कैलालीका विभिन्न ठाउँमा क्षती पुर्‍याएको छ । जिल्लाको मध्यवर्ती क्षेत्रमा रहेको घोडाघोडी नगरपालिकामा असिना पानीले खेतमा लगाएको तरकारीहरुमा क्षति पुर्‍याएको हो ।

त्यस्तै हावाहुरीका कारण घोडाघोडी नगरपालिका -४ माघी गाउँमा आँपको रुख ढल्दा एक जना युवती गम्भिर घाईते भएकी छिन् ।

स्थानीय रामवहादुर चौधरीकी २२ बर्षिया छोरी रिता चौधरी गम्भिर घाईते भएकी ईलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । उनलाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेज रेफर गरिएको प्रहरीले जनाएको छ ।

यस्तै जिल्लाको लम्की चुहा नगरपालिका- ४ मा स्थानीय भवानी प्रशाद भाटको बाख्रा गोठमा परेको चट्याङ्ले ४ बाख्रा मरेको प्रहरीले जनाएको छ । बुधवार राती हावाहुरीसंगै परेको असिना पानीले जिल्लाका विभिन्न ठाउँमा घरका छाना तथा तरकारी बाली नस्ट गरेको छ ।