आज र भोलि हुरीबतास, वर्षा र चट्याङको खतरा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

आज र भोलि हुरीबतास, वर्षा र चट्याङको खतरा



काठमाडौं । जलवायु तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी तथा मध्य तराईका कतिपय स्थानमा आज हुरी बतासको सम्भावना रहेको जनाएको छ । महाशाखाले आज जारी गरेको बुलेटिनमा सो कुरा जनाइएको हो । आज दिउँसो देशका पश्चिमी भूभागमा सामान्य बदली र पूर्वी तथा मध्य क्षेत्रका भू–भागमा आंशिकदेखि सामान्य बदली रहने तथा देशका पश्चिमी भू–भागका केही स्थान र मध्य तथा पूर्वका थोरै स्थानहरुमा मेघ गर्जनसहित चट्याङ तथा हुरी बतास र असिनासहितको वर्षाको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ ।

मौसमविद् सुवास रिमालले भने आज पश्चिम तराईका दाङ, रुपन्देही, कपिलवस्तु जिल्ला र आसपासका क्षेत्रमा हावाहुरीको सम्भावना रहेको छ ।

उनका अनुसार आज पश्चिम तराईमा त्यस्तो सम्भावना छ भने भोलि बिहीबार पूर्वी तराईका जिल्लामा त्यस्तै अवस्था छ ।

आज राति पश्चिमी भू–भागमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली हुने तथा चट्याङ र मेघ गर्जनसहित असिनापानीको सम्भावना रहेको समेत महाशाखाको बुलेटिनमा उल्लेख छ । यसैगरी भोलि बुधबार पनि असिनापानी सहितको हावाहुरीको सम्भावना रहेको र विहीबार मेघ गर्जनसहित वर्षा हुन सक्ने पूर्वानुमान महाशाखाको भनाई रहेको छ ।

फाइल तस्बिर