आमा, दाजु र तीन छोराछोरीको हत्यापछि प्रेमीसँग सेक्स गरेर आत्महत्या - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

आमा, दाजु र तीन छोराछोरीको हत्यापछि प्रेमीसँग सेक्स गरेर आत्महत्या



भनिन्छ, महिलाको हृदय कोमल हुन्छ । तर अष्ट्रियामा एक महिलाले क्रुरताको नयाँ उदाहरण प्रस्तुत गरेकी छिन् । उनले आफ्नी आमा, दाजु, तीन छोराछोरी तथा दुई कुकुरको हत्या गरिन् । हत्यापछि आफ्नो प्रेमीलाई बोलाएर अर्को कोठामा यौनसम्पर्क गरिन् र अन्त्यमा आत्महत्या गरिन् ।

प्रहरी अधिकारीहरु १० वर्षका सेबास्तियन, ९ वर्षका फाबियन, ७ वर्षका मिचेल तथा उनीहरुका मामा ४१ वर्षका पिटर र हजुरआमा ५९ वर्षका माथिल्डेको हत्या सम्वन्धमा अनुसन्धान गरिरहेका छन् ।

म्याटि्रना नाम गरेकी महिलाले एउटा बन्दुकको प्रयोगबाट दुई वयस्क र तीन केटाकेटीको हत्या गरेको बताइएको छ । प्रहरीले तीन केटाकेटीको शव ओछ्यानमा लमतन्न सुतेको र ब्ल्यांकेट ओढेको अवस्थामा भेटाएको थियो ।

सबैको हत्या गरेपछि मार्टिनाले नयाँ चिनजानका एक पुरुषलाई टेक्स्ट म्यासेज गरेर घटनास्थलमै बोलाइन्, जहाँ उनीहरुले सेक्स गरेको पुरुषले बताएका छन् । यद्यपि हत्यामा ती पुरुषको कुनै पनि संलग्नता नरहेको प्रहरीले जनाएको छ ।

उनले महिलाले गरेको हत्याको विषयमा आफूले थाहा नपाएको प्रहरीलाई बयान दिएका छन् । प्रहरीका अनुसार ३० कोठाको घरमा हत्या भएको कोठा र उनीहरुले सेक्स गरेको कोठा अलग-अलग थियो ।

सेक्स गरेको भोलीपल्ट पनि ती पुरुष मार्टिनाको घरमा गए । तर निकैबेर ढोका ढक्ढक्याउँदा पनि कसैले नखोलेपछि आफूसँग ल्याएको उपहार ढोकैमा छाडेर उनी फर्केका थिए । त्यतिबेलासम्म मार्टिनाले आत्महत्या गरिसकेको प्रहरीले विश्वास गरेको छ ।

महिलाका श्रीमान तथा तीन बच्चाका बाबु घरबाट बाहिर थिए । हत्या र आत्महत्याको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ