हत्यारा प्रदीप ‘रोजी’ हत्या आरोपमा अदालतमा ! - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

हत्यारा प्रदीप ‘रोजी’ हत्या आरोपमा अदालतमा !



गोपीकृष्ण मुभिज र आरोही इन्टरटेनमेन्ट एसोसिएटको निर्माण एवं उद्धव पौड्यालको प्रस्तुती रहने चलचित्र ‘रोजी’को निर्माण शुरु भएको छ। बुधबार बालाजुस्थीत नेपाल चलचित्र विकास कम्पनी एनएफडिसीमा सो चलचित्रको शुभ मुर्हत सम्पन्न भएको हो। जहाँ चलचित्रका मुख्य पात्र प्रदीप खड्का लामो कपाल, दाह्री पाले र हातमा हद्कडी लगाएर अदालतको कठघरामा उपस्थीत भए । जसलाई आफ्नै प्रेमिका रोजी राणाको हत्या गरेको आरोप लागेको छ ।

अदालतमा न्यायाधिसका रुपमा वरिष्ठ चलचित्रकर्मी उद्धव पौड्याल थिए भने अभिनेत्रीद्धय परमिता राज्यलक्ष्मी शाह र मिरुना मगर पनि।शुभमुर्हत कार्यक्रममा जसरी प्रदीप उपस्थीत भए त्यसले रोजीमा प्रदीपको मेहनत देखिएको छ । नारी संवेदनाको कथा लिएर रोजी उत्कृुष्ट प्रेमकथात्मक सांगीतिक चलचित्र निर्माण हुनेमा प्रदीप विश्वस्थ देखिएका छन्।निरक पौडेलको निर्देशन रहने चलचित्रको कथा अनुप सापकोटाले लेखका हुन् भने पटकथा तथा सम्वाद केदार भुषालले तयार पारेका छन् ।

राजु विक्रम थापाको छायाँकन, अर्जुन पोखरेल र एलिस कार्कीको संगीत रहने चलचित्रका लागि दयाराम पाण्डेले गीत लेखेका हुन् । आइतबार देखि छायाँकन शुरु हुने रोजी नेपालसंगै दुवई र फिलिपिन्समा खिचिने निर्माण युनिटले जनाएको छ। चलचित्रमा कर्मा, कृष्ण सिवाकोटी, प्रकाश श्रेष्ठ, प्रदीप दाहाल लगायतका कलाकारहरुको अभिनय रहने छ ।