कैलालीमा चिर्पटले हानेर छोराले गरे आफ्नै बुवाको हत्या - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

कैलालीमा चिर्पटले हानेर छोराले गरे आफ्नै बुवाको हत्या



अत्तरिया । कैलालीमा एक युवकले चिर्पटले हानेर आफ्नै बुवाको हत्या गरेका छन् ।

गोदावरी नगरपालिका -५ र्बबाटामा गएराति करिब सवा नौ बजे छोरोले दाउराको चिर्पटले हानेर आफ्नै बुवाको हत्या गरेका हुन् ।

३० बर्षका छोरा राम सिंह कुमालले दाउराको चिर्पट प्रहार गर्दा आफ्नै बुवा ६० वर्षीय अम्मर सिंह कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । रातिको समयमा समान्य घरायसि विवाद भए पछि छोरोले बुवा माथि चिर्पट प्रहार गरेका थिए ।

चिर्पट प्रहारवाट गम्भिर घाईते भएका अम्मर सिंह कुमाललाई उपचारका लागि सेती अञ्चल अस्पताल लगिएपनी उपचारकै क्रममा मृत्यु भएको हो । घटना लगत्तै घटनास्थल पुगेको ईलाका प्रहरी कार्यालय मालाखेतीको टोेलीले हत्या गरी फरार रहेको छोरा राम सिंह कुमाललाई दुई घण्टा मै पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । फाइल तस्बिर