हातेमालोको टिका ,जमरा र सांस्कृतिक कार्यक्रम दिल्लीमा सम्पन्न - Himal Post Himal Post
  • २९ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 12 2026
Logo

हातेमालोको टिका ,जमरा र सांस्कृतिक कार्यक्रम दिल्लीमा सम्पन्न



 हिमाल पोष्ट सम्बाददाता
भारतको लक्ष्मीनगरमा सी.ए अध्यनरत नेपाली बिद्यार्थीहरुको  संगठन “हातेमालो नेपाली बिद्यार्थी समुहले” नेपालीहरुको महान चाड बडा दशैंको पावन अवसरमा २५ आश्विन २०७३ (११ अक्टोबर २०१६) को दिन “टिका , जमरा एवम् सांस्कृतिक कार्यक्रम” हर्षोल्लासका साथ सम्पन्न गरेको छ ।
प्राइम सी.ए एकेडमीको प्राङ्गणमा बिजया दशमीको शुभकामना आदान प्रदान गर्ने र टिका जमरा थाप्ने ध्येयले राखिएको सो कार्यक्रममा घरबाट टाढा प्रवासमा रहेर पनि आफ्नो संस्कृति , परम्परा एवम् चाडपर्वहरुलाई माया गरिरहने प्रवासी नेपाली बिद्यार्थीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । बिजया दशमी जस्तो महान चाडमा आफ्नो घर छोडेर सपनाको उडान भर्न आएका कोहि पनि प्रवासी बिद्यार्थीहरुको निधार खाली नरहोस् र आफ्नो घर बाट टाढा रहे पनि घर जत्तिकै सानिध्यता एवम् उल्लासता मनमा रहोस भन्ने उदेश्यले आयोजना गरिएको सो कार्यक्रमा धेरै बिद्यार्थीहरुले टिका , जमरा एवम् प्रसाद ग्रहण गरेका छन्।
सबै उपस्थित नेपाली बिद्यार्थीहरुले निकै नै आकर्षक एवम् पारिवारिक माहोलमा एक-अर्कासंग खुसी एवम् शुभकामना आदान प्रदान गरेका थिए । कार्यक्रमलाई उत्कृस्ट एवम् सभ्य तरिकाले बढाउन एवम् सम्पन्न गर्न विभिन्न ढङ्गले प्रतक्ष्य-अप्रतक्ष्य सहयोग गर्नु हुने बिभिन्न व्यक्ति बिशेष, संघ-संस्था, ब्यबसायी , र सम्पूर्ण सरोकारवालाहरु प्रति सो कार्यक्रम संयोजक राजु शाहले हृदय देखि नै आभार प्रकट गर्नुभयो।