हातेमालोको ९ औ वार्षिकोत्सव सम्पन्न ,पोखरामा पनि भयो दि भ्वाईस अफ एभरेष्टको विमोचन ! - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

हातेमालोको ९ औ वार्षिकोत्सव सम्पन्न ,पोखरामा पनि भयो दि भ्वाईस अफ एभरेष्टको विमोचन !



नयाँ दिल्ली :भारतमा चाटर्ड एकान्टेन्टेन्सी अध्ययनरत विद्यार्थीहरूको विकासका लागि शैक्षिक, सांस्कृतिक, मनोरन्जनात्मक तथा सामाजिक कार्य गर्दै आएको  विद्यार्थी सङ्गठन हातेमालो नेपाली विद्यार्थी समूहले ९ औ वार्षिक उत्सवको अवसरमा दिल्ली र काठमाडौँमा सबै सदस्यहरूसँग भेटघाट कार्यक्रम  राखी  पोखराको पृथ्वीनारायण क्याम्पसमा कानुनी सङ्काय अध्यनरत विद्यार्थीहरूसँग अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको  थियो।

कार्यक्रमको प्रमुख अतिथिकारुपमा कानुन सङ्कायका निर्देशक लाल बहादुर कुँवर रहेका थिए ।
कानुन अध्ययनरत विद्यार्थीका साथै नेपाल कानुन विद्यार्थी सञ्जाल र युथ थिंकर्स सोसाईटीका प्रतिनिधिको पनि उपस्थिति  रहेको थियो ।

कार्यक्रममा हातेमालो नेपाली विद्यार्थी समूहका सचिव गोविन्द आचार्यले हातेमालो नेपाली विद्यार्थी समूहको परिचय दिँदै सिए र कानुन विद्यार्थी मिली नेपालमा पनि ब्यवसायीक कार्यक्रम,आर्थिक सभा ,कानुनी सचेतना
कर सम्बन्धि जनाकारी ,आदि  गर्ने कुरा व्यक्त गरे।

कानुन सङ्कायका निर्देशक  कुँवरले सबै सङ्काय विद्यार्थीहरूको मिली अघि बढ्न सुझावदिए भने
त्यस्तै नेपाल कानुन विद्यार्थी सञ्जाल प्रतिनिधि सामना बरालले हातेमालो नेपाली विद्यार्थीको साथमा अघि बढ्न चाहेको कुरा व्यक्त गरिन । युथ थिंकर्स सोसाईटीका प्रतिनिधि गीता थापाले  व्यवसायिक कार्यक्रममा सहयोग गर्ने बताईन ।

कार्यक्रम सञ्चालन कानुन विद्यार्थी सुमन ढुङ्गानाले गरेका थिए भने कार्यक्रम संयोजन हातेमालो नेपाली विद्यार्थी समूहका सचिव आचार्यले गरेका थिए ।

कार्यक्रममा हातेमालो नेपाली विद्यार्थीहरूले प्रकाशन गरेको स्मारिका दि भ्वाईस अफ एभरेष्ट भोलुम १६ को  दिल्ली, र काठमाडौँ पछि  पोखरामा कानुन विद्यार्थीहरू माझमा विमोचन भएको छ।

त्यस्तै हातेमालो नेपाली विद्यार्थीहरू समूहले १ जना कार्यकारी पब्लिक रिशेन, नेपालमा कानुन अध्ययनरत विद्यार्थी मघ्य बाट १०अौँ वार्षिक साधारणसभाबाट राख्ने भएको छ जसले कानुन र सी.ए पढ्नेहरूलाई जोड्ने छ ।

सोहि अवसरमा दस वर्षमा अाइपुग्दा  संस्थापक सदस्य, बोर्ड सदस्य, अाजीवन सदस्य, सदस्य, प्रायोजक तथा शुभचिन्तकलाई  हातेमालो नेपाली विद्यार्थी समूह अध्यक्ष आयुष्मा अर्यालले विशेष अाभार व्यक्त गरिन।