दिल्लीमा हातेमालोको नयाँ वर्ष ,स्वागत संगै शुभकामना आदानप्रदान - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

दिल्लीमा हातेमालोको नयाँ वर्ष ,स्वागत संगै शुभकामना आदानप्रदान



हिमाल पोस्ट /नयाँ दिल्ली 

भारतको नयाँ दिल्ली स्थित लक्ष्मीनगरमा सीए अध्यानरत  नेपाली विद्यार्थीहरूको संस्था हातेमालो नेपाली विद्यार्थी समूहले  नयाँ वर्ष २०७६को  शुभारम्भमा  सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।सोहि सास्कृतिक कार्यक्रममा शुभकामना आदानप्रदान पनि गरिएको थियो ।

कलाकार धुर्व राना, सुरज बि सी , सी.ए. संस्थाका विद्यार्थीहरूद्वारा  सांस्कृतिक प्रदर्शन गरि  कार्यक्रमलाई रोचक बनाएका थिए  ।औपचारिक भाग कविन्द्र श्रेष्ठ – निर्जा बाहेती र सांस्कृतिक साँझ विज्ञान गौतम -सुनिधि के सीद्वारा सञ्चालित कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष सरोज सुबेदीले गरेका थिए ।

मुख्य अतिथिको रूपमा ICAI का केन्द्रीय परिषद्का सदस्य हंसराज चुगको उपस्थिति थियो भने विशिष्ट अतिथिहरूमा सी.ए. अङ्कित ओबेरोइ सँगै दिल्लीमा रहेका विभिन्न  सङ्घ संस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रमले नेपाली भाषा, संस्कृति र कलाको संरक्षण र संवर्द्धनमा टेवा पुग्ने कार्यक्रम संयोजक सुलभ लम्सालले बताएका थिए। समुहले विभिन्न समयमा दिल्लीमा विद्यार्थीहरु बीच बिभिन्न  कार्यक्रमको आयोजना गर्ने गरेको छ ।