दानविरको अभिनयमा “हात काटि तिम्रो नाम” सार्वजनिक ( भिडियो सहित) - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

दानविरको अभिनयमा “हात काटि तिम्रो नाम” सार्वजनिक ( भिडियो सहित)



 

साङ्गीतिक बजारमा दसैका गीतको लहर चलिरहेको बेला सलिना म्युजिक प्रा.लिले भने माया प्रेममा आधारि“ हात काटि तिम्रो नाम” बोलको गीत केही समय अगाडि मात्र सार्वजनिक गरेको छ ।

गायक नारायण राई को समधुर स्वरमा रहेको यस गीतमा लय प्रकाश नेपालीले ले गरेका छन् भने शब्द विक्रम के.सीको रहेको छ । हिमाल पोस्ट मिडियो ब्यानरमा निर्माण भएको भिडियोलाई हास्य कलाकार उज्ज्वल गिरी (दानविर )को निर्देशन सुरज पाण्डेको छायाङ्कन र सम्पादनमा भिडियो तयार गरिएको छ ।

भिडियोमा उज्ज्वल, अस्मिता समीरको उत्कृष्ट अभिनय देख्न सकिन्छ। पछिल्लो समय बनेका माया प्रेममा आधारित म्युजिक भिडियोहरुले बजार तताइरहेको अवस्थामा यो भिडियोले पनि दर्शकको माया पाउनेमा निर्देशक तथा हास्य कलाकार उज्ज्वल गिरी आशाबादी छन् ।