दक्षिण अफ्रिकाका तिब्र बलर हाशिमले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

दक्षिण अफ्रिकाका तिब्र बलर हाशिमले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास



दक्षिण अफ्रिकाका तिब्र बलर हाशिम अमलाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। अफ्रिकी टिमका पुर्व कप्तान समेत रहेका अमलालले ३४९ अन्तर्राष्ट्रिय खेल खेलेका छन्। त्यस दौरान उनले १८ हजार भन्दा बढी रन बनाएका छन्।

त्यस्तै १५ वर्षे करिअरमा ५५ शतक प्रहार गरेका छन्। विश्वकप २०१९ मा उनको खराव प्रदर्शनका कारण आलोचना भएको थियो। उनले विश्वकपमा ७ खेलमा कुल २०३ रन बनाएका थिए। यस दौरान उनको औसत ४०.६० रहेको थियो। अमलालले यो विश्वकपमा एउटापनि शतक लगाउन सकेनन्। ३६ वर्षीय अमला दक्षिण अफ्रिकाका लागि एकदिवसीय खेलमा सर्वाधिक धेरै २७ शतक प्रहार गर्ने खेलाडी हुन्। उनीपछि दोस्रो स्थानमा सन्यास लिइसकेका एबी डिवलियर्स रहेका छन्। उनले २५ शतक प्रहार गरेका छन्। सर्वाधिक शतक प्रहार गर्ने खेलाडीमा भने अमला दोस्रो नम्बरमा रहेका छन्। उनले २८ शतक प्रहार गरेका छन्।

सर्वाधिक शतक प्रहार गर्ने कीर्तिमान भने पुर्व लिजेन्ड ज्याक कालिसको नाममा रहेको छ । कालिसले ४५ शतक प्रहार गरेका छन्। त्यस्तै अमला दक्षिण अफ्रिकाका एक्ला ट्रिपल टेस्ट शतक प्रहार गर्ने खेलाडी हुन्। त्यस्तै उनी सर्वाधिक २ हजार, ३ हजार ४ हजार ५ हजार ६ हजार र ७ हजार एकदिवसीय रन पुरा गर्ने खेलाडी समेत हुन्। सन्न्यास घोषणा गर्दै अमलाले यो बिचमा धेरै महत्वपुर्ण समय क्रिकेटमा विताएको भन्दै यो सफलता सम्म पुग्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए। उनले भने ‘सर्वप्रथम यो उपलब्धी र सफलता सम्म पुग्न सहयोग गर्ने सबैप्रति आभारी छु। मैले यो अविश्वसनिय यात्राका क्रममा धेरै कुरा सिक्ने मौका पाएको छु। धेरै साथिहरुले मलाई भातृत्वको आभाछस दिएका छन्।

यो उपलब्धी सम्म पुग्न सहयोग गर्ने बुवा आमा, समर्थक, एजेन्ट र सहकर्मी र सबैसबैलाई सम्झन चाहान्छु र भन्छु अब मैले विश्राम लिने समय आएको छ। त्यो कठिन भएपनि जिवनको एक अंगका रुपमा स्वीकारेको छु।’