नेताहरूलाई धरान छिर्न नदिने हर्कको पोष्टमा धेरैको समर्थन - Himal Post Himal Post
  • १३ आश्विन २०८१, आईतवार
  •      Sun Sep 29 2024
Logo

नेताहरूलाई धरान छिर्न नदिने हर्कको पोष्टमा धेरैको समर्थन



धरान । धरान उपमहानगरका प्रमुख हर्क साम्पाङले कोशीको पानी ल्याउने योजना संघ सरकारले नपारे सांसदहरुलाई धरानमा निषेध गर्ने चेतावनी दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै प्रमुख साम्पाङले संघ सरकारलाई खानेपानीको लागि योजना पार्न दबाब दिएका हुन् ।

‘यसपालीको बजेटमा कोशीको पानी ल्याउने प्रोजेक्ट परेन भने माननीयज्यूहरुलाई धरानमा निषेध गरिनेछ’, उनले लेखेका छन्, ‘तल तीनकुने मै बोर्ड राखिनेछ फोटोसहितको ! ख्याल नठान्नु होला ! यो फेसबुक चलाउने मान्छे धरानको नगर प्रमुख हो भन्ने नभुल्नु !’

यस्तै, प्रमुख साम्पाङले लेखेको स्टाटसमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले पनि समर्थन जनाएका छन् । ‘पूर्ण समर्थन, गर्ने नै यसै हो’, बालेन शाहले साम्पाङको स्टाटसमा कमेन्ट गरेका छन् । साम्पाङको उक्त पोष्ट अहिले भाइरल भएको छ । अधिकांशले सम्पाङको उक्त पोष्टलाई समर्थन जनाएका छन् ।