आर्थिक समृद्धि हासिल गर्न लोकतान्त्रीक गठवन्धनको जित अपरिहार्य : मल्ल - Himal Post Himal Post
  • २८ पुष २०८२, सोमबार
  •      Mon Jan 12 2026
Logo

आर्थिक समृद्धि हासिल गर्न लोकतान्त्रीक गठवन्धनको जित अपरिहार्य : मल्ल



बुटवल २ मंसिर । रुपन्देही जिल्ला क्षेत्र नम्बर ३ ख का प्रादेसिक उम्मेदवार हरीध्वज मल्लले कम्युनिस्टहरुको दुईतिहाई वहुमत आयो भने मुलुकमा साम्यवाद आउने निश्चित भएको जिकिर गर्नुभयो ।

बुटवल उपमहानगरपालीका वार्ड नम्बर १७,१८ र १९ मा लोकतान्त्रीक गठवन्धनको छुट्टाछुट्टै संयुत्त सम्पर्क कार्यालय तथा प्रचार कार्यालयको उदघाट गर्दै उहाँले नेपालमा फेरी कम्युनिष्टहरुले जनतालाई दास वनाउन कम्युनिष्ट शासन ल्याउन खोजेको आरोप लागाउनु भयो ।

मल्लले लोकतन्त्रको संरक्षण र सम्बद्र्धन गर्दै संविधानको कार्यान्वयन गरी मुलुकमा पर्याप्त पूर्वाधार विकास गरेर आर्थिक समृद्धि हासिल गर्न लोकतान्त्रीक गठवन्धनको जित अपरिहार्य रहेको वताउनु भएको छ ।

रुपन्देहिको मोतिपुरमा वन्न लाएको औद्योगीक कोरीडोरले स्थानीयको धेरै क्षति पुग्ने भएकाले व्यवस्थीत तरीकाले कसैलाई क्षति नपुग्ने गरी आफुले पहल चालेको तर पुर्व मन्त्री विष्णु पौडेलले स्थानीयको उठीवास लगाउनेगरी करीडोर वनाएर जनतालाई दुख दिन खोजेकाले आफुले कुनैपनि हालतमा मोतिपुर वासिको हित विपरीत कोरीडोर वनाउन नदिने वताउनुभएको छ ।

लोकतान्त्रीक गठवन्धनको जित सङगै युवाहरु विदेस पलायन हुनु नपर्ने समेत उहाँले वताउनुभयो । साथै उहाँले कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रीय भापति प्रेम फौदार,पुर्व पार्टी सभापति नुरापति नेपाल,महादिवेसन प्रतिनिधि हरीहर श्रेष्ठ लगायतले आफ्नो भनाई राख्नुभएको थियो ।