कांग्रेस बुटवलमा पनि तनाब: क्षेत्रीय सभापतिले गरे पार्टी परित्याग - Himal Post Himal Post
  • २९ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 12 2026
Logo

कांग्रेस बुटवलमा पनि तनाब: क्षेत्रीय सभापतिले गरे पार्टी परित्याग



बुटवल। नेपाली कांग्रेस रूपन्देहीको क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति हरि लम्सालले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनमा दिएका छन् । उनी बुटवल उपमहानगरपालिकाको प्रमुखका आकांक्षी थिए।

स्थानीय तह निर्वाचन सन्दर्भमा पार्टी नेतृत्वले कार्यकर्ताको भावनाविपरीत निर्णय गरेको भन्दै लम्सालले पार्टीबाट राजीनामा दिएका हुन्।

जिल्ला पार्टी कार्यालय भैरहवा पुगेर उनले साधारण सदस्यसमेत नरहने गरी राजीनामा बुझाएका हुन्। पार्टीले एकलौटी र षडयन्त्रपूर्वक नगर प्रमुखहरुको नाम सिफारिस गरेको उनको आरोप छ।

नगर सभापतिको एकलौटीबारे आवाज उठाउँदा समेत बेवास्ता भएको उल्लेख गर्दै उनले इमान्दारिता, निष्ठा र विधानको कुनै महत्व रहेन छ भन्ने निष्कर्ष निकालेर राजीनामा दिएको उल्लेख गरेका छन्।