चुनाव हारेका नेताहरू एमालेको उम्मेदवार बन्न नपाउने - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

चुनाव हारेका नेताहरू एमालेको उम्मेदवार बन्न नपाउने



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले चुनाव हारेका नेताहरू उम्मेदवार बन्न नपाउने व्यवस्था गरेको छ । एमालेको केन्द्रीय कमिटि बैठकले यस्तो निर्णय गरेको हो ।

यस्तै एमालेले समानुपातिकतर्फका उमेदवारलाई पटक–पटक नदोहोर्‍याउने नीति लिने भएको छ । शनिबार सम्पन्न केन्दीय कमिटीको चौथो बैठकले जिल्ला र प्रदेश कमिटीलाई उमेदवारको नाम सिफारिस गर्दा नदोहोर्‍याउन निर्देशन दिएको हो ।

“एकपटक अवसर प्रयोग गरेका नेता–कार्यकर्तालाई आम रूपमा दोहोर्‍याउनु हुन्न । यस्ता क्षेत्रमा पालैपालो प्रणाली अपनाउनुपर्छ,” बैठकपछि उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले भने ।

यस्तै, बहालवाला जनप्रतिनिधिलाई राजीनामा गर्न लगाएर उमेदवार सिफारिस नगर्न निर्देशन दिइएको छ ।

हालै निर्वाचनमा पराजित भएकाहरूलाई प्रत्यक्ष र समानुपातिकतर्फ उमेदवार बनाउन नहुने मत एमालेमा आएको छ । अरू पार्टीबाट प्रवेश गरेकाहरूको हकमा विशेष निर्णय गरिने गुरुङले बताए ।

प्रत्यक्षतर्फ कतिपटक उमेदवार हुने भनेर किटान गर्नु व्यावहारिक नहुने भएकाले निर्णय समेत भएको उनले जानकारी दिए । एमालेले यही भदौ २२ गतेभित्र उमेदवारको नाम सिफारिस गर्न समेत निर्देशन दिएको छ ।