कांग्रेस नेता हार्दिक पटेलमाथि हातपात - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

कांग्रेस नेता हार्दिक पटेलमाथि हातपात



भारत– भारतमा चुनाव जारी रहँदा विभिन्न घटनाहरु सार्वजनिक भइरहेका छन् ।

भारतीय जनता पार्टीका प्रवक्ता जीवीएल नरसिम्हा रावमाथि जुत्ता प्रहार भएको भोलिपल्ट अर्थात शुक्रवार(आज) गुजरातमा कांग्रेसका नेता हार्दिक पटेलमाथि हातपात भएको छ ।

यो घटना सुरेन्द्र नगरको बढवानामा भएको हो । हार्दिकलाई चड्न हान्ने व्यक्तिलाई मानिसहरुले नराम्रोसँग कुटाइ गरेका छन् ।

हार्दिक पटेललाई चड्कन हानिएको भिडियो सार्वजनिक भएको छ । भिडियोमा हार्दिक पटेल र्यालीलाई सम्बोधन गरिहेका देखिएका छन् । त्यतिनै बेला एक व्यक्ति आए र उनलाई चड्कन हान्न शुरु गरे । यसबीचमा मञ्चमा रहेका व्यक्तिले चड्कन प्रहार गर्ने व्यक्तिलाई समाते र उनलाई पिटे । उनको कपडा च्यातिदिए ।

कार्यक्रम स्थलमा उपस्थित प्रहरीले ति व्यक्तिलाई भीडबाट बचाएको छ र अस्पतालमा भर्ती गरेको छ । चड्कन खाएपछि हार्दिक पटेलले यसको आरोप बीजेपीमाथि लगाएका छन् । आफूलाई बीजेपीले मार्न चाहेको दाबी गरेका छन् ।