हराएकी युवती भारतमा भेटिइन् - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

हराएकी युवती भारतमा भेटिइन्



कञ्चनपुर ।।  कञ्चनपुरको महाकाली नगरपालिका–७ कञ्जभोजकी २१ वर्षीया लक्ष्मी चन्द हराएको पाँच दिनपछि भारतमा फेला परेकी छन् । गएको माघ २३ गते घरबाट साथीलाई भेट्न जान्छु भनेर हिँडेकी उनी बाटो बिराउँदा भारतमा पुगेकी थिइन् ।

परिवारले लक्ष्मी घर नआउँदा प्रहरीलाई खबर गरेका थिए । तत्कालै इलाका प्रहरी कार्यालय दोधाराका प्रहरी नीरिक्षक नरेन्द्र चन्दको टोलीले खोजबिन गर्दै जाँदा लक्ष्मीलाई भारतको नानकमातामा फेला पारेको हो ।
लक्ष्मीको उद्धार गरी परिवारको जिम्मा लगाइएको प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटीले बताए । रासस