महेन्द्रनगरबाट दिल्ली जाँदै गरेको नेपाली बस हापूडमा दुर्घटना - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

महेन्द्रनगरबाट दिल्ली जाँदै गरेको नेपाली बस हापूडमा दुर्घटना



नयाँ दिल्ली- महेन्द्रनगरबाट भारतको दिल्ली जाँदै गरेको बस दुर्घटना भएको छ। नेपाल भारत मैत्री बस सेवाको उक्त बस शनिवार साँझ उत्तर प्रदेशको हापूड नजिक डासनामा दुर्घटना भएको जनाइएको छ।

दुर्घटनामा परी एक जना यात्रु घाइते भएका छन । अन्य कुनै मानवीय क्षती भने भएको छैन । बसमा ३२ जना यात्रु रहेको बताइएको छ ।

ना ६ ख ७४४१ नम्बरको बसले डासनामा उत्तरप्रदेश परिवहनको बसलाई ठक्कर दिएको बुझिएको छ। ब्रेक फेल भएका कारण दुर्घटना भएको यात्रुले जनाएका छन् ।

शनिबार बिहान १० बजे महेन्द्रनगरबाट नयाँ दिल्लीको लागि छुटेको बस साँझ ७ बजे दुर्घटनामा परेको हो।