हेप्पी फेमलीद्बारा ३६ जना बालबालिकालाई शैक्षिक सामग्री र न्यानो लुगा वितरण  - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

हेप्पी फेमलीद्बारा ३६ जना बालबालिकालाई शैक्षिक सामग्री र न्यानो लुगा वितरण 



‘बालबालिकाकाको शैक्षिक बिकासमा टेवा पुर्‍याउदै ‘

गोविन्द बीसी / कैलाली ।
सामाजिक क्षेत्रमा काम गर्दै आएको हेप्पी फेमली नामक  संस्थाले बालबालिकाकाको शैक्षिक बिकासमा काम गर्न थालेको छ ।

स्वास्थ्य र सरसफाइ लगायत सामाजिक कार्य गर्दै आएको संस्थाले हाल जिल्लाका विभिन्न स्थानमा शैक्षिक अभियान समेत संचालन गर्दै आएको छ । संस्थाले पछिल्लो समय बालबालिकाको शैक्षिक बिकासमा जोड दिन थालेको हो ।

जिल्लाकै पहाडी तथा विकट गाउँपालिकाको रुपमा रहेको कैलालीको मोहन्याल गाउँपालिकामा बिहीबार बालबालिकाको बिकास लागि शैक्षिक सामाग्री वितरण गरेको छ ।

संस्थाले गाउँपालिकाको वडा नम्बर ७ कचालीमा रहेको कचाली बालविकास केन्द्रका बालबालिकाहरुलाई शैक्षिक सामग्री र न्यानो लुगा वितरण गरेको हो । केन्द्रमा अध्ययनरत ३६ जना बालबालिकालाई शैक्षिक सामग्री र न्यानो लुगा वितरण गरिएको कार्यक्रम संयोजक लक्ष्मण बजगाईले जानकारी दिए ।

“कैलालीका लागि नेपाली” भन्ने मूल नारा सहित शिक्षामा सहयोगार्थ टीम हेप्पी फेमिली संस्थाको सहयोगमा उक्त शैक्षिक सामग्री वितरण गरिएको बताइएको छ ।
सोही संस्थाले बुधबार नै कैलालीको लम्की स्थित एकतानगर मुक्त कमैया शिविरमा रहेको नमूना अध्ययन गृहमा अध्ययन गरिरहेका ६२ जना बालबालिकालाई एक कार्यक्रम गरि शैक्षिक सामग्री बितरण गरेको थियो ।

कार्यक्रममा प्रत्येक बालबालिकालाई एक थान झोला, एक जोडा न्यानो लुगा र खेलकुदका सामग्री वितरण गरिएको छ ।

सामाजिक अभियन्ता तथा शैक्षिक सामग्री वितरण कार्यक्रमका संयोजक लक्ष्मण बजगाईको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि मोहन्याल गाउँपालिका वडा नम्बर-७ का वडाध्यक्ष खरप्रसाद अधिकारी रहेका थिए ।

कार्यक्रममा मन्तव्य राख्दै वडाध्यक्ष अधिकारीले आफ्नो कार्यकालमा कचाली बालविकास केन्द्रको स्तर उन्नति गरि विद्यालय बनाउन र भवन निर्माण गर्न पहल गर्ने बताए । यस्तै, विशिष्ट अतिथि समाजसेवी तथा ब्यापारी बखतबहादुर बिष्टले कचाली बालविकास केन्द्रको लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा सामर्थ्य नेपालका केन्द्रीय संयोजक अर्जुन भुषाल, टीम हेप्पी फेमिलीका अध्यक्ष प्रतिभा खड्का , फौजी अधिकारी, सुवेक्षा बोगटी, लगायतका वक्ताहरूले मन्तव्य व्यक्त गरेका थिए ।

मोहन्याल गाउँपालिका शिक्षा समिति सदस्य नरेन्द्र थापाले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन निर्मल बजगाइले गरेका थिए । बालविकास केन्द्रमा अहिले गरीब र विपन्न परिवारका ३६ जना बालबालिका अध्ययन गरिरहेका छन् ।