"ह्याप्पी बर्थडे पीएम" - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

“ह्याप्पी बर्थडे पीएम”



काठमाण्डौ – आज आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको ६९ औँ जन्मदिन हो । आफ्नो जन्मदिन पारेर उनि जन्मठाउँ जाँदैछन ।

जन्मदिनाकै अवसरमा बालुवाटारमा पनि विशेष कार्यक्रम गरिएको छ ।

आइतबार बिहान प्रधानमन्त्रीको सचिवालय र केही नेताहरुको आयोजनामा विशेष कार्यक्रम गरिएको हो ।

कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्री ओलीलाई रातो गुलाबको माला लगाइदिएका छन् ।

यस्तै सचिवालयका सदस्यहरुले जन्मदिनको केक काटेका छन् । त्यस अवसरमा प्रधानमन्त्रीको जीवनी झल्काउने ६ मिनेटको भिडियो पनि प्रदर्शन गरिएको बताइएको छ ।

बालुवाटारको जमघट सकेपछि प्रधानमन्त्री ओली आफ्नो जन्मथलो तेह्रथुमको आठराई प्रस्थान गरेका छन् ।