कार दुर्घटना: कांग्रेस नेता चन्द्र भण्डारीका भाईको निधन - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

कार दुर्घटना: कांग्रेस नेता चन्द्र भण्डारीका भाईको निधन



काठमाडौं- रुपन्देहीमा कार दुर्घटना हुँदा गुल्मीका डा. शंकर भण्डारीको मृत्यु भएको छ । मंगलबार साँझ रुपन्देहीको देवदह नगरपालिका १० चरङ्गेबाट बुटवलतर्फ आउँदै गर्दा कार दुर्घटना भएको बताइएको छ। मृत्यु भएका भण्डारी नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीका भाई रहेको खुलेको छ।

लुम्बिनी प्रादेशिक ट्राफिक प्रहरी कार्यालयका अनुसार चरङ्गेबाट बुटवलतर्फ आउँदै गर्दा लु १७ च ६०६६ नम्बरको कार कल्भर्डमा खसेर दुर्घटना भएको थियो । दुर्घटनापछि गम्भीर घाइते भण्डारीलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी हृदयरोग तथा मुटु अस्पताल लागिएको थियो । तर उनलाई अस्पताल पुराएलगत्तै मृत्यु भएको थियो ।

उनी चन्द्र भण्डारीका कान्छा भाई थिए । दुर्घटना भएको कार भण्डारी आफैंले चलाएको खुलेको छ । कारमा सँगै रहेका अर्का एक जनाको अवस्था भने सामान्य रहेको बताइएको छ ।