घन्कियो नारा: ‘हाम्रो रवि, हाम्रो देश, प्राण भन्दा प्यारो छ’ - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

घन्कियो नारा: ‘हाम्रो रवि, हाम्रो देश, प्राण भन्दा प्यारो छ’



काठमाडौं- पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गरिदैंछ ।

अनुसन्धानका क्रममा रवि लामिछानेलाई हिरासतमा राख्न चितवन जिल्ला अदालतले दुई पटक पाँच/पाँच दिन म्याद थपको अनुमति दिइसकेको छ ।

आइबार रवि लामिछाने सहित तीन जनालाई फेरि अदालतमा लगिदैछ ।

यता, राजधानी उपत्यकामा भने शनिबार रवि लामिछानेको रिहाईको माग गर्दै प्रदर्शन भएको छ । प्रदर्शनमा धेरैजसो धार्मिक अभियान्ताहरु देखिएका थिए ।

नारा पनि पूर्व राजाकै जस्तो लगाइएको थियो । नारा थियो– ‘हाम्रो रवि, हाम्रो देश, प्राण भन्दा प्यारो छ ।’

नयाँबानेश्वरबाट शुरु भएको यो प्रदर्शन माइतीघर पुगेको थियो ।

सवारीसाधनमा माइकसहित नारा, जुलूस गरेका प्रदर्शनकारीले रवि लामिछानेसँगै आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ परेका युवराज कँडेल र अस्मिता कार्कीको तस्वीरअंकित फ्लेक्ससँगै विभिन्न नारासहितको पाम्प्लेट बोकेका थिए । प्रदर्शनमा प्रहरीले कडा सुरक्षा प्रदान गरेको थियो ।