"हाम्री आमाको भान्सा नै मिठाे"भन्दै यसरी नाचिन तिज गितमा सुनवलकी छोरी अस्मि गौतम (भिडियो सहित) - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

“हाम्री आमाको भान्सा नै मिठाे”भन्दै यसरी नाचिन तिज गितमा सुनवलकी छोरी अस्मि गौतम (भिडियो सहित)



बिशाल पाण्डेय ।
नेपाली नारिहरुको महान पर्व हरितालिका तिज नजिकिदै गर्दा नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक तथा गायिकाहरु आफ्ना विभिन्न गित तथा भिडियोहरु सार्वजनिक गर्न ब्यस्त भएका छन । तिजकै अवसर पारेर केहिदिन अगाडी सार्वजनिक गरिएको “हाम्रा बाबा को तिन तले घर ” बोलको मौलिक तिजगितले चर्चा बटुल्न सफल भएको छ ।

उक्त म्युजिक भिडियोमा सुनवलकि छोरी अस्मि गौतमले “यसपाली तिजमा माइत जाने हो, आमाले पकाएको दर खाने हो , हाम्री आमाको भान्सा नै मिठो ” भन्दै छमछमी नाचेको अभिनय देख्न सकिन्छ । त्यस्तै अस्मिलाई नेपालगन्जकि रुबिना अधिकारीले अभिनय गरि साथ दिएकी छिन ।

शिव अकेलीको शब्द र तारानाथ आचार्यको संगीत रहेको उक्त मौलिक तिज गितमा तारा पौडेल श्रेष्ठको स्वर रहेको छ भने उक्त गितको म्युजिक भिडियो डिजिटल स्टार पोखरा मार्फत युट्युवमा सार्वजनिक गरिएको थियो ।

तारानाथ आचार्यद्बारा निर्देशन गरिएको म्युजिक भिडियोमा राजु गुरुङले नृत्य निर्देशन गरेका हुन भने नृत्य व्यवस्थापन सुर्यमान श्रेष्ठले गरेका हुन । त्यस्तै म्युजिक भिडियोको छायांकन प्रमोद गुरुङले तथा सम्पादन नवीन केसिले गरेका थिए । साथै म्युजिक भिडियोलाई ड्रोन क्यामरा बाट विजय गुरुङले छायांकन गरेका हुन । म्युजिक भिडियो स्याङ्जा जिल्लामा सुटिङ गरिएको हो ।

भिडियो हेर्नुहोस :

https://m.youtube.com/watch?v=xTRPH4ps2Gw&feature=youtu.be