हामीले देखेको समाजबाद कम्युनिष्टहरुले भनेजस्तो हुदैन :डा.भट्टराई - Himal Post Himal Post
  • २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
Logo

हामीले देखेको समाजबाद कम्युनिष्टहरुले भनेजस्तो हुदैन :डा.भट्टराई



काठमाडौं–समाजवादी पार्टी नेपालका राष्ट्रिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पार्टीले देखेको समाजबाद कम्युनिष्टहरुले भनेजस्तो नहुने बताएका छन् । नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालबीचको जिल्ला एकता घोषणा सभामा उनले सो कुरा बताएका हुन् ।

हाम्रो समाजवाद पुँजीबादको टिको मात्र लगाउने खालको प्रजातान्त्रिक समाजवाद पनि होइन, उनले भने, कम्युनिष्टहरुले भनेको जस्तो साम्यवादको खुड्किलो जस्तो समाजबाद पनि होइन ।
अध्यक्ष डा. भट्टराईले समाजवादी पार्टीले ल्याउने समाजवाद सर्वहारा वर्गको अधिनायकत्वको हुने खालको समाजवाद नभई फरक पहिचान हुने बताए। उनले फरक पहिचान र चिन्तनसहितको समाजवाद निर्माणको बाटोमा पार्टी अघि बढेको उल्लेख गर्दै व्यक्तिगत पहिचान तथा सामूहिकतासहितको समाजवाद नै पार्टीको लक्ष्य रहेको उल्लेख गरे ।

उनले विचारलाई कार्यान्वयन गर्ने आधार संधीयता हो भन्दै यसले मात्र सवै बर्ग, क्षेत्र, लिङग् तथा उत्पीडित समुदायको पहिचान दिलाउने बताए । पूर्वप्रधानमन्त्रीसमेत रहेका सांसद डा. भट्टराईले उत्पादन वृद्धिलाई जोड नदिएसम्म सुशासन कायम हुन नसक्ने विचार राखे ।

उत्पादनमा वृद्धि भएमात्र सबै जनताको आर्थिक परिवर्तन हुनसक्ने भन्दै जो छ त्यहि मात्र बाँडीचुडी खाने हो भने कहिल्यै आर्थिक समृद्धि हुन नसक्ने उनको भनाइ थियो ।